एनआरएन अमेरिकाको लागि टेनिसी अदालत पानी पधेरो


मेरिल्याण्ड, अमेरिका

 अगष्ट ७

एनआरएन अमेरिकाको लागि टेनिसी अदालत पानी पधेरो हुने भएको छ ।

वर्तमान अध्यक्ष केशब पौडेलको कार्यसमिति डेढ बर्ष अदालत जाउआउ गरेर नै बितायो । अरु काम गर्न अदालतमा हालिएका मुद्धाका बिभिन्न सिङ्ग र जुरोले रोके । अब फेरी सोही अदालतमा अर्को मुद्धा परेको खबर सार्बजनिक भएको छ ।

यही अगष्ट ११ र १२ मा हुने भनिएको एनआरएनको निर्वाचनका एक प्रत्यासित गौरी जोशीले आफुलाई अन्याय परेको महशुश गरेपछि अदालतको ढोकामा पुगेको बुझिएको छ ।

सोही विषयलाई लिएर तत्काल निर्वाचन रोक्न टेनीसी अदालतले सोमवार अन्तरिम आदेश जारी गरेको कुरालाई पुष्टी भने भईसकेको छैन  ।

एनआरएन अमेरिकाको विधानको व्यवस्था अनुरुप आफु उमेद्वार हुन पाउनु पर्ने जोशीको जिकिर छ । तर एनआरएनको अन्तराष्ट्रिय समन्वय परिषदको विधान अनुसार नमिल्ने भन्दै निर्वाचन समितिले जोशीको उमेदवारी कायम नगर्ने निर्णय गरेको थियो । र, यो बिषय अमेरिकी नेपाली समुदायबीच लामो समयदेखि बिबाद थियो ।

जोशी स्वयं अदालत जाने मुडमा थिएनन तर चर्को दबाब खेप्न नसकेपछि उनी अदालत पुगेको जोशी निकट स्रोत बताउछ ।

मुद्धा मामिलालाई नेपाली समाजमा राम्रो मानिदैन । एनआरएनको उज्ज्वल भबिष्यको लागी भन्दै अघिल्लो पटक मुद्धा हालेकाहरु अहिले कहिँ कतै चर्चामा छैनन् । यसपटक मुद्धा हाल्नेमा जोशी एक्लै छन् वा अरु पनि छन् खुलिसकेको छैन ।

जोशीको सामाजिक सेवाको बाटोमा तगारो लगाउनेहरुले पहिलेदेखि नै सक्रिय छन् । उनको शालीन व्यक्तित्व सधै एकता र सहमतिका लागी भएको बाहिरबाट देख्नेहरुले बुझेका थिए । तर सहमतिमा गएर उनको भबिष्य हेर्न कसैले चाहेन ।

नाङ्गो राजाका अगाडी लम्पसार परेर "आहा! कति राम्रो आभूषण लगाउनु भएको महाराज !" भन्नेहरुले जताततै भेटिन्छन ।  जोशीको वरपर पनि यो समूह प्रशस्तै भएको यो घटनापछि सार्बजनिक भएको छ ।

जोशी फस्दै फस्दै गएको भन्ने आशयको समाचार विश्लेषण द नेपाल टुडेले हिजो मात्र सार्बजनिक गरेको थियो ।

हेर्नुस त्यो समाचार

किन फसे गौरी जोशी

, , , , , ,