जनताको साथ सधै गौरी जोशीलाई







सुरेश कोइराला 

लसएन्जलस अमेरिका
अगष्ट ५
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा गौरी जोशीको उम्मेदवारीलाई वैधानिकता नदिएर कानुनको उपहास गरेको सम्बन्ध क्षेत्रका जानकारहरूले बताएका छन् । एनआरएनए अमेरिका निर्वाचन कमिटिले जोशीलाई चुनावी प्रतिस्पर्धामा उत्रन नदिएर एनआरएनए आईसीसीको मात्रै नभइ अमेरिकी कानुनको समेत धर्जी उडाएको लसएन्जलबासी नेपालीहरूले बताएका हुन ।

चुनावी प्रचार प्रसारका क्रममा एसएन्जल पुगेका गौरी जोशीले आफूलाई चुनावी प्रतिस्पर्धामा उत्रन नदिएर अन्याय गरेको बताए । ‘एनआरएनए अमेरिककाको अध्यक्ष पद्को उम्मेद्वार बन्न मलाई कुनै रोकतोक हुनुहुँदैन,’ उहाँले भन्नु भयो ‘मैले यो पदका लागि योग्य भएर नै उम्मेद्वारी दिएको हुँ ।’ यहाँ उर्लिएको आम वुद्धिजिवीहरूको भेला र यहाँहरूको साथले मलाई अझ आफ्नो हकका लागि लड्न ऊर्जा थपेको छ,’ उहाँले भन्नुभयो ‘म लगायत मेरो टिमलाई आगामी निर्वाचनमा विजय गराउन म लागि पर्नेछु ।’ ‘यो व्यक्तिद्वारा संचालित संस्था होइन, सबैको दुःख सुख साट्ने साझा चौतारी हो ।’

कार्यक्रममा एनआरएन अमेरिकाका उपाध्यक्ष पदका उम्मेद्वार पुरुर्षोत्तम वोहराले चुनावी मैदान भनेको प्रतिस्पर्धा गर्ने ठाउँ भएको बताउनु भयो । जोशीमाथि परेको अन्यायका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्छ,’ उहाँले भन्नु भयो ।

महिला कोडिनेटर द्वय इन्दिरा त्रिपाठी र लक्ष्मी खरेलले पनि जोशीमाथि अन्याय भएको धारणा राख्नु भयो । गौरी जोशी जस्तो सक्षम कुशल र कार्यक्षमता भएका व्यक्तित्व अहिले एनआरएन अमेरिकाको आवश्यकता भएको इन्दिरा त्रिपाठीले बताउनु भयो । उहाँको सवल नेतृत्वले एनआरएनको शिर उचो हुने उहाँको धारणा छ । सम्पूर्ण प्रवासी नेपालीको आर्थिक समृद्धि र एनआरएनलाई साझा थलोको रुपमा विकास गर्ने बताउनु भयो । सामाजिक,  राजनीतिक तथा आर्थिक विकास तथा समाज रुपान्तरणका लागि महिलाहरू अघि बढ्नु उहाँको भनाइ छ ।

‘हामी महिलाहरू संसारको जुनसुकै कुनामा भएपनि अवसरको खोजीमा सदा लागि पर्ने अर्की महिला कोडिनेटरकी उम्मेद्वार लक्ष्मी थापा खरेलले बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै बोर्ड अफ डाइरेक्टरका उम्मेद्वार संजय थापा सञ्जय थापाले अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा पनि आफू अनुकूलको कानुन बनाइ रजाइ गर्न खोज्नु विडम्बना भएको बताउनु भयो । ‘यस्तो गलत नियत भएको प्रदाफास अब आमजनताले गर्ने छन्,’ उहाँले भन्नु भयो ‘अब चुप लागेुर जनता बस्दैनन् ।’

प्रितिसागर खत्रीले एनआरएनए अमेरिकाले जोशीलाई उम्मेद्वारीलाई रोक्नु, समयमा निर्वाचन नगराउनु, आफू अनुकुलका मान्छेलाई जिताउने षडयन्त्र भएको बताउनु भयो । यस्ता षडयन्त्रलाई आमजनमानसले भण्डाफोर गरेर छाड्ने उहाँले बताउन्ु भयो ।

बोर्ड अफ डाइरेक्टरका अर्का उम्मेद्वार विष्णुवहादुर शाहले पनि जोशीमाथि अन्याय भएको विषयमा कुरा उठान गर्नु भएको थियो ।
 लसएन्जलमा आयोजित चुनावी सभा कार्यक्रम समावसेवी सभापतित्व मुकुन्द ढुंगानाले गर्नु भएको थियो ।

यसका साथै अगष्ट ५ तारिखका दिन साँझ साढे ६ बजे सनफ्रान्सिस्को, क्यालिफोनियाको ओम मण्डलामा जोशी टिमको चुनावी प्रचार प्रसार कार्यक्रम हुँदै छ । यहाँ उपस्थित हुनका लागि सम्पूर्ण गैर आवसिय नेपालीलाई जोशीले आमन्त्रण गर्नु भएको छ ।

, , , ,