गुल्मी समाज हुस्टनको आयोजनामा तीज क्रार्यक्रम हुदै


गुल्मी समाज हुस्टनको आयोजनामा तीज क्रार्यक्रम हुने भएको छ ।  समाजले आयोजना गरेको कार्यक्रमलाइ बृहत र भब्य बनाउन समाजका सचिव लक्ष्मण भण्डारीले अनुरोध गरेका छन् । 

संस्थाद्वारा जारी बिज्ञप्ति यस प्रकार छ :

संस्कृति जोगाऔ !
तीज भब्यरुपमा मनाऔ !!
अगस्ट २० मा ताजहल जाऔ !!
मिठो दरसँगै तीज गीतमा रमाऔ !!

        बिगत बर्षमा जस्तै यो बर्ष पनि नेपाली महिलादिदीबहिनीहरुको महान चाड तीजको शुभ अबसरमा गुल्मी समाज हुस्टनको आयोजनामा तीजक्रार्यक्रम हुन गैरहेको कुरा हजुरहरु सामु राख्न पाउदा हामीहरु अत्यन्तै खुसी भएका छौ ! यो पटकको तिजलाई अझ बढ़ी सभ्य, भब्य र रम्य एबं ऐतिहासिक बनाऊंन सबैको न्यानो माया उत्साहबर्धक सहभागिता एबम  पूर्ण सहयोग हुने छ भन्नेमा हामी पूर्ण बिस्वस्त छौ !

 मैले त अगस्ट २० आइतबारका दिनलाई काममा छुट्टी मिलाईसके ! कतै  तपाईले त्यों रमणीय दिनमा छुट्टी लीन भुल्नु होला नि फेरी ? आफ्नो मौलिक परम्परा, रीतिरिबाज, धर्म सस्कृतिलाइ जगेर्ना एबं प्रबर्धन गर्नु हामी सबैको दायित्य हो ,तेसैले  निम्न अनुसारको कार्यक्रममा  तपाई लगाएत तपाइको  सपरिबारलाई सनम्र चुलोनिम्तो गर्दछौ !

       तपसील
कार्यक्रम स्थल -   5615 savoy dr houston tx 77036    (ताजहल)
समय - बिहान ११ बजे देखि  साँझ ६ बजे सम्म
मिति - २०१७अगस्ट २० आइतबार
टिकट - ०-१२  निशुल्क
          १२माथि  सबैलाई २० $
टिकट सोही दिन काउण्टरबाटै
 कार्यक्रम तालिका
 कार्यसमिति परिवार उपस्थिति ठीक १० बजे
 अन्य महानुभाब उपस्थिति बिहान  ११ बजे     ११- १ बजेसम्म मादलको तालैमा नाचगान  (अप्रतियोगितात्मक )
१- ३. सम्म दर खाने कार्यक्रम
३-४  बजे सम्म बालबालिकाहरुको प्रतियोगितात्मक तीजगीत
४-५:३० बजेसम्म तीजी क्यासेटनृत्य सामूहिक
५:३०- ६  पुरुस्कार बितरण तथा समापन !
        पुनस्य - आयोजक गुल्मी समाज ह्यूस्टन भएकोले कसैलाई भ्रम नहोस की यो गुल्मीको मात्रकार्यक्रम हो भनेर !  अन्य सबै संघसस्थाएबं सम्पूर्ण हुस्टनबासी नेपालीहरु यो कार्यक्रममा सहभागी बनौ!
                             
अनुरोधक / प्रार्थी 
गुल्मी समाज हूस्टन

,