'कुटुमा कुटु' पछि राजनराजको अर्को गीत ‘चिरबिर चिरबिर चाँचरी’ (भिडियोसहित)


                     
काठमाडौं  ।  चर्चित गीतका रचनाकार, संगीतकार र गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘चिरबिर चिरबिर चाँचरी’ युट्युबमा सार्वजनिक भएको छ ।

रेखा थापाको रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘रुद्रप्रिया’ को यो गीत लगाएत चलचित्रमा संगीत सुरेश अधिकारी, अर्जुन पोख्रेल र राजनराज शिवाकोटीकै रहेको छ ।

 मेलिना राई र ग्रीश्मा शिवाकोटीले यो गीतमा शिवाकोटीलाई स्वरमा साथ दिएको छ । शिवाकोटीको यस अघि पूर्व पश्चिम रेल, सुर्के थैली, कुटुमा कुटुजस्ता गीतहरु अत्यधिक चारमा छन् ।

रेखा थापा र आर्यन सिग्देलको संयुक्त निर्माण रहेको रुद्रप्रिया आउँदो कार्तिक २ गते लक्ष्मीपूजाका दिन रिलिज हुँदैछ ।

चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, राजन इशानलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशन सुदीप बबी भूपाल सिंहले गरेका छन् ।

हेर्नुहोस् भिडियो :-


,