लम्जुङ्ग अमेरिका सेवा समाजको पिकनिक सम्पन्न


लम्जुङ्ग अमेरिका सेवा समाजले बाल्टिमोरमा बृहत पिकनिक सम्पन्न गरेको छ ।

पिकनिकमा मेरिल्याण्ड राज्य र आसपास राज्यका नेपालीहरुको सहभागिता थियो ।

लम्जुङ जिल्लाबाट अमेरिका आई बिभिन्न राज्य एवम शहरहरुमा बसोबास् गर्दै अाउनु भएका सम्पूर्ण लम्जुङेहरु बिच चिरपरीचित गराई आपसी भाईचारा सद्भाब एवम सहयोगकोलागि  एकबद्ध भै लागी पर्ने उदेस्यका अनुरुप यो भेटघाट एवम बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष शशी थापाले बताउनु भएको छ ।

 अध्यक्ष थापाले कार्यक्रमपछि जारी गरेको बिज्ञप्ति यस्तो छ:

मिती २०१७ अगस्त १३ मा अमेरिकाको मेरील्यान्ड राज्यको बल्टिमोर स्थित गन पाउडर स्टेट पार्कमा लम्जुङ सेवा समाजद्वारा आयोजना गरिएको प्रथम बनभोज एवम भेटघाट कार्यक्रम सफलताकासाथ सम्पन्न गर्न लम्जुङ लगायत अन्य जिल्लाबाट पाल्नु हुने सम्पूर्ण महानुभाबहरुलाई यस् लम्जुङ सेवा समाज हार्दिक धन्यवाद ब्यक्त गर्दछ । 
लम्जुङ जिल्ला बाट अमेरिका आई बिभिन्न राज्य एवम शहरहरुमा बसोबास् गर्दै अाउनु भएका सम्पूर्ण लम्जुङेहरु बिच चिरपरीचित गराई आपसी भाईचारा सद्भाब एवम सहयोगकोलागि एक्बद्द भै लागी पर्ने उदेस्यका अनुरुप यो भेटघाट एवम बनभोज कार्यक्रम आयोजना गरिएको थियो। प्रथम पटक लम्जुङ समाज द्वारा आयोजना गरियको यस् कार्यक्रममा बिभिन्न कमिकमजोरीहरु एवम त्रुटीहरु हुन गएको भएमा क्षमा माग्दै यस्ता कमी कमजोरीबाट नयाँ पाठ सिक्दै आगामी कार्यक्रमलाई अझै भब्य र सभ्य बनाउने प्रतिबद्दता जाहेर गर्दछौ । 
साथै लम्जुङ सेवा समाजलाई आउँदा दिनहरुमा अझै ब्यपक र बिस्तार् गर्न को लागि लम्जुङबाट आएर अमेरिकाको बिभिन्न राज्यहरुमा बसोबास् गर्नु हुने सम्पूर्ण दाजु भाई दिदी बहिनीहरुमा यस् संस्थामा समाबेश हुन हार्दिक अनुरोध गर्दछौ
अध्यक्ष 
सशी थापा 
लम्जुङ अमेरिका सेवा समाज अमेरिका

, , , ,