जापानमा नेपाल फेस्टिवलको तयारी तिब्र


बिश्वबन्धु भण्डारी
यहि अगष्ट २६ र २७ अर्थात भदौ १० र ११ गते हुने नेपाल फेस्टिवलको दिन नजिकिदै जादा जापानमा त्यसको तयारी तिब्र पारिएको छ । मेला मूल आयोजक समितिले टोकियोमा पत्रकार सम्मेलन गर्दै तयारीबारे जानकारी दिएको हो ।

टोकियोको उएनो पार्कमा हुने मेलाको तयारीमा अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । जापानी समुदायहरु माझको प्रचार प्रसार तथा कार्यक्रम व्यवस्थापन एवं प्रस्तुती अन्तिम चरणमा पुगेको आयोजकको भनाई छ ।

पत्रकार सम्मेलनमा अन्य बिभागिय प्रमुख मार्फत भईरहेको कामको पनि जानकारी दिइएको थियो । मेलामा खानाका रेमिट्यान्स कम्पनी, ईन्टरनेट सेवा प्रदायक कम्पनी, ट्राभल्स तथा टुर्स, रोजगारी प्रदायक कम्पनीसहित जापानमा सकृय विभिन्न संघसस्थाका नेपाल झल्काउने स्टलहरु रहने छन् ।

यो बर्षको फेस्टिवलमा नेपाली परम्परा झल्किने घर बिषेश आकर्षकका रुपमा रहने छन् । २० वटा खानाको र २७ वटा अन्य स्टल बुकिङ भईसकेका आयोजकको भनाई छ । यस बर्ष कार्यक्रम समयमै संचालन गर्ने, फोहोर नियन्त्रण, जथाभावी होहल्ला, झैझगडा जस्ता क्रियाकलाप रोक्न बिशेष ख्लाल गर्ने आयोजकले बताएको छ ।

३ लाख दर्शकलाई मेलामा सहभागी गराउने आयोजकको लक्ष्य छ । मेला मूल आयोजक समितिका संयोजक टासी लामाले जापानीमाझ हाम्रो सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक जानकारी गराउने र नेपालको पर्यटन लगायतका सम्भावनाहरुलाई प्रवद्र्धन गर्ने अवसर भएकाले सबै नेपालीहरुले जसले जहाँबाट जे सकिन्छ साथ दिन अपिल गरेका छन् ।
बिभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको कार्यक्रम संयोजक टासी लामाको सभापतित्व तथा सुदन थापाको प्रमुख आथित्यता एवम अनुज थापाको संचालनमा सम्पन्न भएको थियो ।



, , , ,