तीजको अवसरमा बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा पूजा हुने


हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा पूजा हुने भएको छ ।

यहि बिहिबार दिउसो २ बजे र सांझ ६ बजे पूजा हुने कार्यक्रम छ । २ सिफ्टमा पूजा हुने भएपछी त्यो दिन काम भएका महिलाहरुलाई समय मिलाउन सजिलो हुने भएको छ ।


स्थानीय महिलाहरुको पहलमा यो पूजा हुन लागेको हो । पण्डित कमलनाथ  सापकोटाले पूजा गराउनु हुनेछ ।

पूजा गर्न आउनु हुने ब्यक्तिले पूजा सामग्री आफै ल्याउनु हुन आयोजकको अनुरोध छ ।

, , , , ,