डिसी क्षेत्रमा पाल्पाली भेला हुने

फोटो: गूगल 

अमेरिकाको वाशिंगटन डी.सी. वरपर बस्ने पाल्पालीहरुको पहिलो पटक बृहत भेला गर्ने कार्यक्रम बनाएका छन् ।

यहि सेप्टेम्बर ३ तारिखका दिन डी.सीको रक क्रिक पार्कमा यो कार्यक्रम संयोजन गरिरहनु भएका एक महेश भट्टराईले द नेपाल टुडेलाई जानकारी दिनुभयो । कार्यक्रमको उद्देश्य र थप जानकारी पाल्पाली ग्रुपले सार्बजनिक गरेको यो सुचनामा छ:


हार्दिक निमन्त्रणा !!!

सम्पूर्ण DMV बरपर (DC, Maryland, Virginia) बस्नुहुने पाल्पालीहरू !

यहि आउदो सेप्टेम्बर ३ आइतबारको दिन हामी अमेरिकाके DMV क्षेत्र बरिपरी बस्ने सम्पूर्ण पाल्पालीहरूको प्रथम परिचयात्मक भेटघाट तथा पिकनिक कार्यक्रम राखिएको हुदा सबैलाई चुलो निमन्त्रणा छ ।

यो एक शुद्ध परिचयात्मक पुनर्मिलन कार्यक्रम भएकाले कुनै राजनिती, समीती गठन, सदस्यता बितरण, भाषण, खादा, दान दक्षिणा संकलन, आसन ग्रहण जस्ता लोकप्रिय कार्य गरिने छैन । 

तर नेपालको बिग्रदो स्थिति, भ्रष्टाचार र  अमेरिकामा खुलेका १०१ टोले संघ, संगठनहरूको आलोचनात्मक समालोचना भने पक्कै गर्नेछौ ।

अनि पाल्पाली सिद्दबाबा, केराबारी, श्रीनगर, भैरबस्थान, जोर्ते, रिडी, राम्दी, रामपुर, माडीफाट बरिपरीका गफ भने चुट्नेछौ ।

पाल्पाली चुकाउनी, छोइला, भुटन, मम, आलुकबाफ, बटुक नेबारी खाना खादै सिम्लीघान, काभ्रो, भुटुक, निउरो जस्तै गाऊका खानेकुरा संझने छौ ।

अनि आफ्नो बाल्यकालका राज्जे, डोरी, खोपी, गुच्छा, लुकामारी, डोरी, चर्केपिङ्ग र डाडापाखा संझदै  बाल्यकालका तितामिठा कुराहरू साटासाट गर्नेछौ ।
अनि सपनाको संसार अमेरिका आई भोग्नु परेका सड्घर्ष र दुख सुखका कुराहरू साटासाट गर्नेछौ । 

अन्त्यमा, पाल्पाली लोकप्रिय मेला पर्व गाईजात्रा, भगवती जात्रा, होली, तिज, ठुलो एकादशी, रिडी, राम्दी र आंधीघाट र केलादीघाट संझदै आफ्नै लोकभाका  गितहरू बजाएर नाचगान गर्नेछौ  र एकआपसमा चोखो प्रेम गाढा बनाएर अर्को बर्ष फेरि भेट्ने बाचा बाध्दै बिदा हुनेछौ । 

सम्पूर्ण पाल्पालीको तर्फबाट : महेश भट्टराई 
सम्पर्क : 4103007935
स्थान : Rock creek park, DC
3545 Williamsburg Ln NW, Washington, DC 20008
Date : September 3rd Sunday 
Time:  10AM - 7PM
फेसबुक ठेगाना: palpali DMV group 


, , , , ,