संगीत र समाजसेवामा ममता


अमेरिकामा रहँदै आएकी ममता राईको एकल एल्वम् ‘ममता’ हालै सार्वजनिक भएको छ। केही वर्षको अमेरिका बसाईपछि स्वदेश आइपुगेको अवसरमा उनले आफ्नै रचनालाई संग्रीहित गरी राजधानीमा हालै एल्वम सार्वजनिक गरेकी हुन्।
सबिन लिम्बुको एकल संगीतमा तयार भएको एल्वमममा राजेश पायल राई, मेलिना राई, पूर्ण राई, यशोदा खालिङ, प्रमोद खरेल र सविन लिम्बुको आवाज रहेको छ। ‘खबर केही छैन’, ‘सम्झि सम्झि विगतलाई’, ‘साकेला’ र ‘सपनिमा आउछौ’ आउँछौ गरी जम्मा ४ गीत एल्वममा रहेका छन्।
गीत लेख्दा ममताले आफ्नै स्मृतिहरुलाई समेटेर लेख्ने गरेको बताइन्। ‘आफ्नै विगतहरुलाई केन्द्रमा राखेर गीत लेख्ने गर्छु। र, परदेशिनु पर्ने नेपालहरुको बाध्यता तथा आफ्नै संस्कृतिले पनि गीत लेख्न प्रेरित गर्छन्’, उनले भनिन्।
अमेरिकाको सहरमा सोचेर गीत लेख्ने समय नभए पनि उनले रेलकै यात्रामा गीत लेख्ने गरेको उनले सुनाइन्। ‘प्राय गरी सोचेर लेख्नलाई समय हुँदैन। त्यसरी लेख्नै भ्याइँदैन। रेलमा एक÷डेढ घण्टा लामो यात्रा गर्नुपर्छ, त्यो बेल मन र मष्तिस्क शान्त हुन्छ। गीत त्यसैबेला लेख्ने गर्छु’ ममताले भनिन्।
संगीतप्रति सानैदेखि रुची रहेकाले संगीतको महासगारमा आइपुगेकी उनले अब संगीत लत भइसकेको बताइन्। ‘कला/संगीत भनेको लतजस्तो रहेछ, लत लागेको छ। लत छोड्न नसक्दा आफैले खर्च गरेर एल्वम प्रकाशन गरेकी हुँ’— उनले भनिन्। नेपालमाभन्दा विदेशमा रहँदा नेपाली संगीतको अत्याधिक माया लाग्ने अनुभव पनि उनले सुनाउन भ्याइन्। निरन्तर रुपमा गी लेखिरहने प्रतिज्ञा गरेको उनले बताइन्।
संगीतमा मात्रै नभएर उनी समाजसेवाका पनि लती हुन्। उनले प्रकाशन गरेको एल्वम्बाट प्रँप्त रकम समेत समाज सेवाका लागि उनले खर्च गर्ने भएकी छिन्। अमेरिकामा रहँदा उनी दैनिक रुपमा पाँच डलर समाज सेवाका लागि जम्मा गर्दै आएकी छन्। सोही रकम यसपाली आफ्नो जन्मस्थान सोलुखुम्बुको जुभिङ पुगेर २ हजार रुपैयाँका दरले ९१ जना वृद्धवृद्धा, अपांग तथा एकल महिलाहरुलाई वितरण गनरिन्। जुभिङमा उनी वृद्धा आश्रम स्थापना गर्ने योजनामा पनि रहेकी छिन्। साथै उनले त्यहाँस्थित हस्पिटलमा १ लाख बराबरको अक्षयकोष स्थापनार्थ ५५ हजार रुपैयाँ प्रदान गरेकी छिन्। ‘ममता पौरखी फाउन्डेशन’ स्थापना गरी नेपालमा समाजसेवा गर्ने योजनामा रहेको उनले जानकारी गराइन |