प्रथम म्याग्दे स्टारको ताज गायन तर्फ राज थापा र नृत्य तर्फ आदर्शलाई,


नुक्त भुजेल

भाद्र ९ , म्याग्दे एबी म्युजिक क्रियसन एण्ड इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रथम म्याग्दे स्टार प्रतियोगिताको उपाधि गायन तर्फ राज थापा र नृत्य तर्फ आदर्श नमुना क्ल्वको हातमा परेको छ ।गायन र नृत्य गरी दुई विधामा म्याग्दे गाउँपालिकाभित्रका प्रतियोगीबीच सञ्चालित प्रतियोगिताको ग्राण्ड फिनालेमा नृत्यतर्फ आदर्श नमुना क्लव मनहरिका समुह म्याग्दे डान्सिङ् स्टार प्राप्त गर्न सफल भएको हो । थर्पुकी मनिषा श्रेष्ठले फस्ट रनर अफ र जामुनेकी सरिस्मा थापाले सेकेण्ड रनर अफको उपाधि हात पारेका हुन् ।

गायनतर्फ थर्पुका राज थापा म्याग्दे डान्सीङ् स्टार ,तालघारीकी बिसरा थापाले फस्ट रनर अफ र छबिसेकी तिलुमाया थापाले सेकेण्ड रनर अफको उपाधि हात पारेका छन् । दुवै विद्याका प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः नगद रु. १५ हजार , १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । अन्तिम स्थान सम्म नृत्य तर्फ ९ जना र गायन ४ जनाले स्थान जनाएका थिए । सोही मध्यदेखी अन्तिम प्रस्तुतीको आधारमा म्याग्दे स्टारको घोषणा गरिएको थियो ।

प्रथम म्याग्दे स्टार ग्यान्ड फिनाले कार्यक्रमको उद्धघाटन गर्दै म्याग्दे गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले प्रतिभाहरु प्रस्तुत गर्ने राम्रो प्लाटफर्मको रुपमा कार्यक्रमलाई हेरीएको वताउदै अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न सवैमा आग्रह गरे । घिमिरेले गाउँपालिकाले यी र यस्ता कार्यक्रमलाई सहयोग रहने वताउदै मौलिक नेपाली संस्कृतीको जगेर्ना गर्ने कार्यमा आफ्ना प्रतिभा प्रस्तुत गर्न समेत प्रतियोगी र अन्य कलाकारहरुलाई आग्रह गरे । कार्यक्रममा म्याग्दे गाउँपालिका का कार्यकारी अधिकृत दयाराम तिवारीले पनी वोल्नुभएको थियो । कोरीयोग्राफर रुपेशराज राना , निर्देशक संगम कायस्थ , कार्यक्रम सयोंजक सुजन श्रेष्ठ, गायक इश्वर परीयार र गितकार तीर्थमान श्रेष्ठ निर्णायकको भुमिकामा रहनुभएको थियो । समाजसेवी चित्र वहादुर शाहीको अध्यक्षतामा सम्पन्न म्याग्दे स्टारको सन्चालन सन्चारकर्मी विनोद रखाली मगरले गर्नुभएको थियो ।