तीजको अवसर पारेर बाल्टिमोरमा बिभिन्न कार्यक्रम


तीजको अवसर पारेर बाल्टिमोरमा बिभिन्न कार्यक्रमहरु भएका छन् ।

घिमिरे परिवारले शनिवार गरेको कार्यक्रमका सयौं महिला र पुरुषले रमाइलोसंग तीज मनाएका थिए ।

यसैगरी आईतबार दिउसो ह्वाइट मार्श क्षेत्रका महिलाहरुले स्थानीय एभरेष्ट तेक्वान्दोमा बृहत रुपमा तीज मनाएका थिए । द नेपाल टुडेले केहिबेर प्रत्यक्ष प्रसारण समेत गरेको थियो । कलाकार सिर्जना बिरही थापा, कल्पना कार्की, साबि थापा र निमा धमलाको समूहले यो कार्यक्रम आयोजना गरेको थियो ।

नासो कम्युनिटी अमेरिकाले प्याराडाईज रेस्टुरेन्टमा बृहत तीज गीत कार्यक्रम सम्पन्न गरेको थियो । जसमा सयौं महिला र पुरुषको सहभागिता थियो । यसै तिज कार्यक्रममा नासो कम्युनिटी अमेरिकाले नेपालको बाढी पिडितहरुका लागि $५०० राहत संकलन पनि गरेको थियो |

आईतबार साँझ नै आमा समूहले स्थानीय माउन्ट एभरेष्ट रेष्टुरेन्टमा अर्को कार्यक्रम गरेको थियो । यहाँ पनि सयौं महिलाको उपस्थिति थियो । त्यसैगरी समाजसेवी शान्ता गौतमले पनि सेक्युरिटी स्क्वायर र ईलिकट सिटि क्षेत्रका महिलाहरु जमघट गराएर रमाइलो कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।

यिनै स्थानका तिज गीत कार्यक्रमका प्राप्त केहि तस्बिरहरु:













, , ,