एन आर एन अमेरिकाको सपथ ग्रहण सम्वन्धि सूचना


सपथ ग्रहण, हस्तान्तरण र बार्षिक साधारण सभा सम्वन्धि सूचना

आदरणीय सदस्यज्यूहरु,
गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद अमेरिका,
यस संघको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिको पदस्थापन, निवर्तमान कार्यसमितिको विदाई तथा बार्षिक साधारण सभा निम्नानुसार स्थान, मिति र समयमा हुने भएकाले यहांहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।
यस कार्यक्रममा भौतिक रुपमा उपस्थित हुननसक्ने सदस्यज्यूहरुका लागि अडियो- भिजुयल प्रबिधिको प्रयोग गरि सहभागि गराईने समेत जानाकारी गराउन चाहन्छु।
धन्यवाद !
एजेण्डाहरु:
१) गतवर्षको कार्य विवरणको समीक्षा
२) अन्तराष्ट्रीय समन्वय समितिको विधानसंग एनसीसी युएसएको बिधान समन्वय र समीक्षा सहित आवस्यक परिमार्जन गर्न
३) विविध
मिति: सेप्टेम्बर १६, २०१७
समय: १०:३० वजे - ५ बजेसम्म
स्थान: Sheraton Inner Harbor Hotel
300 S Charles St,
Baltimore, MD 21201

भवदिय:

रबिना थापा
उपाध्यक्ष तथा
कन्भेनर
छैठौं साधारण सभा
एनआरएनए एनसीसी अमेरिका

, ,