जापानमा दशै गीत सार्बजानिक



नेपालीहरुको महान पर्व दशै तिहार आउदै गर्दा दशै तिहार विशेष एक लोकदोहोरी गीत बजारमा सार्बजानिक भएको छ । त्यो गीत मार्फ़त गरिब परिवारको दशै तिहारलाई देखाउन खोजिएको छ ।



जापानमा चर्चित युवा गायक समुन्द्रराज पौडेलको एकल स्वरमा रहेको यो मार्मिक गीतको शव्द भने मेघराज सापकोटाले लेख्नुभएको हो ।



रामु खड्काको लय रहेको उक्त गीतमा बिपेश घिमिरे र अाशा खड्काको संयुक्त अभिनय रहेको छ । नेपालकै ग्रामिण क्षेत्रमा पुगेर छायांकन गरिएको यस गीतको निर्देशन बिक्रम चौहानले गर्नुभएको छ भने बजार व्यावस्थापनको ज़िम्मेवारी मालती डिजीटलले लिएको गायक समुन्द्रराज पौडेलले जानकारी दिनुभएको छ ।