सक्रिय बन्दै जापानमा बिबेकशिल साझा पार्टी



विवेकशील साझा जापानको सिजुओका शहरमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सेप्टेम्वर २ को कार्यक्रममा चिबा, टोक्यो, खानागावा, सिजुओका र नागोया का विवेकशील साझाको सदस्यहरु र विवेकशील साझाको मूल्य–मान्यताहरुलार्इ आत्मसात गर्दै सदस्य बन्न इच्छुकहरु व्यक्तिहरु भेला भएका थिए ।

भेटघाट तथा छलफल कार्यक्रम विवेकशील साझा जापानले जापानमा राजनीति गर्नको लागि नभई विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्नका लागि विवेकशिल साझा जापान गठन गरिएको विवेकशील साझाका जापान संयोजक जीवन ढकालले बताउनु भयो ।

सो कार्यक्रममा विवेकशील साझाका हरेक सदस्यहरुले विवेकशील साझाको मुल्य र मान्यताहरुलाई पालना गर्दै जापानमा सुसंस्कृत समाज निर्माणमा ध्यान दिन सबै सदस्यहरुदलाई आग्रह गरेको छ ।


निकट भविष्यमा चाँडै नै टोकियोमा पनि भेटघाट तथा छलफल गर्ने कुराको जानकारी विवेकशिल साझाको प्रवत्ता रवि न्यौपानेले बताउनु भयो ।




, , ,