मेरो जित निश्चित भइसक्यो : आइसीसी सदस्य उम्मेद्धार शंकर खड्का

अमेरीका – एनआरएन अमेरीकाको निर्वाचन माहौल निकै तातेको छ । यहि सेप्टेम्वर ५ र ६ तारिखमा हुन गैरहेको निर्वाचनले संस्थामा आगामि नेतृत्व चयन हुनेछ ।
यसै सेरोफेरोमा संस्थाको बृहत्तर हितमा काम गर्दै आएका बर्तमान कार्यसमितिका सचिव शंकर खड्काले पनि एनआरएन अमेरीकाबाट आइसिसि (गैर आवाशिय नेपाली संघ, अन्तर्राष्ट्रीय समन्वय समिती) ICC सदस्यमा उम्मेदवारी दिएका छन् । स्वस्च्छ छवी भएका खड्का सवैसँग घुलमिल गर्नसक्ने , मिलनसार तर काममा भने आक्रामक ब्यक्तिको रुपमा एनआरएनए अमेरीकामा परिचित छन् ।
उनि अहिलेको एनआरएन अमेकिाको चुनावलाई समाजसेवासँग जोडेर हेर्नुपर्ने बताउँछन् । निर्वाचनले विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीसँग भाइचाराको सम्बन्ध विकास गर्न पुलको काम गर्ने खड्काको धारणा रहेको छ । संस्थालाई अन्तराष्ट्रिय अभियानको रुपमा संस्थागत गर्दै सबैको पहुंच र स्वामित्व हुनेगरी अगाडी बढाउन मैले उम्मेदवारी दिएको हो खड्का भन्छन्– ‘मेरो उम्मेदवारी केवल निर्वाचनमा भाग लिनु र जित्नु मात्र होइन, अमेरीकामा रहेका प्रवासि नेपालीहरुको बिचार र भावनाको प्रतिनिधित्व पनि गर्नु हो ।’
खड्काले बर्तमान कार्यसमितिमा सचिवको हैसियतले गरेका कार्यहरुको पनि निकै सह्रायिन रहेको एनआरएनहरु बताउँछन् । हक्की र प्रष्ट स्वभावका खड्काले चुनाव मात्रै होइन अमेरीकामा रहेका प्रवासि नेपालीहरुको मन पनि जितिसकेको उनलाई नजिकबाट चिन्ने नेपालीहरू बताउँछन् । तैपनि निर्वाचन हो भाग लिन जरुरी छ ।
आइसिसि सदस्यको प्रत्यासी रहेका खड्काले अरुलाई सहयोग गर्न र समाजको हितका लागि केहि न केही गतिविधि गर्दै आएका छन् । उनले अमेरिकामा मात्रै नभएर नेपालका विभिन्न ठाउँहरुमा समाजको लागि निरन्तर आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन् ।
खड्का भन्छन्– ‘मैले सानै देखि समाज र अरुको भलाईका लागि काम गर्नुपर्छ भन्ने कुरा सिक्दै आएको छु । यसैको परिणाम होला अहिलेसम्म मैले आफ्नो लागि भन्दापनि समाज र आफु आबद्ध संस्थाकों भलाइको लागि काम गर्दै आएको छु ।’ खड्काले संस्थागत विकासको लागि पनि सक्दो पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले एनसिसि र आईसिसिमा ठूलो अन्तर देखेका छन् ।
उनि भन्छन्– ‘विश्वभरी छरिएर रहेका झण्डै ५० लाख नेपालीहरुलाई एउटै मञ्चमा समेट्न सकियो भने नेपालको समृद्धी धेरै टाढा छैन र प्रवासी नेपाली जहाँ–जहाँ छन् त्यहाँपनि सम्मानजनक स्थान ओगट्न सफल हुनेछन् । यसका लागि समन्वयकारी भूमिका खेल्न म सदैव तत्पर रहनेछु ।
त्यसैको लागिपनि मैले उम्मेदवारी दिएको हो ।’ निरन्तर समाजसेवाका कार्य गर्दै आइरहेका उनले अझैपनि आफुले सक्दो सहयोग गरिरहने प्रतिवद्धता जनाएका छन् । उनले भर्खरै नेपालमा गएको बाढीपहिरोबाट प्रभावित पिडितहरुको लागि आर्थिक सहयोग जुटाउने कार्यका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।
तत्काल राहत उपलब्ध गराउनुपर्छ भनेर खड्काले तरुण दल अमेरिकाबाट पनि झण्डै ७ लाख रुपैंयाँ सहयोग जुटाएर नेपाल पठाउन भूमिका खेलेका थिए । त्यतिमात्र नभएर उनले अमेरिकामै नेपाली समुदायको लागि कम्युनिटी भवन निर्माण गर्न हालै ५ हजार १ डलर सहयोग उपलब्ध गराएका छन् ।
खड्काले रामेछापका केहि विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्नुका साथै र छात्रवृत्तिसमेत दिनुका साथै २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण विस्थापित भएकालाई पनि ठूलो मात्रामा सहयोग जुटाई वितरण गरेका थिए । नेपालको विकास र समृद्धिको लागि प्रवासी नेपालीलाई एकत्रित गर्न अति आवश्यक रहेको बताउने खड्काले नेपालमा पर्यटनको ठूलो संभावना देखेका छन् ।
उनि भन्छन्– ‘मैले अमेरीका आउनु अगाडी नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्धन गर्नुपर्छ भन्ने उदेश्यले झण्डै १ दशक पर्यटन व्यवसाय संचालन गरेको थिएँ । नेपालको पर्यटन विकासमा अझैपनि मेरो सक्रियता रहन्छ र यसको प्रवद्धनमा म जहाँ रहेपनि पहल गरिरहने छु ।’ विद्यार्थी राजनीतिदेखी लिएर नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रमासमेत रहेर काम गरेका खड्काको अगुवाईमा अमेरिकामा सन् २०१० मा तरुण दल स्थापना गरिएको थियो । आफुले पाएको जिम्मेवारी पुरा गर्न र प्रवासी नेपाली र नेपालको हितका जस्तोसुकै कठिन परिस्थितिमा पनि काम गर्ने अग्रसर देखिने खड्कालाई सवैको साथ सहयोग रहने देखिएको छ ।
सत्यतथ्यमा आधारित विषयमात्रै अगाडी बढाउने स्वभावका कारण पनि उनले एनआरएनए अमेरिकामा छुट्टै पहिचान बनाएको कार्यसमितिका सदस्यहरु स्विकारछन् । यो निर्वाचनमा सवैको पूर्ण साथ समर्थन रहेका कारण आइसिसि सदस्यामा आफ्नो जित निश्चित भएको खड्काले दावी गरेका छन् ।
अमेरीकाभर रहेका प्रवासी नेपालीहरुको पूर्ण साथ सहयोग र समर्थनले आगमी निर्वाचनमा आइसिसि सदस्यमा निर्वाचित गराउन खड्काले सवैलाई मतदानमा सहभागी हुन अनुरोध गरेका छन् ।