एनआरएनए अमेरिकाज क्षेत्रको उप-संयोजकमा शंकर खड्काको उम्मेद्वारी

(अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)को आसन्न सम्मेलनमा अमेरिकाज क्षेत्रको उप-संयोजक (डिआरसी) पदमा शंकार खड्काले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
एनआरएनए अमेरीकाका निवर्तमान सचिव खड्काले सामाजिक संजालमार्फत आफ्ना एजेण्डा सहित डिआरसी पदमा उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
लामो समयदेखी एनआरएन अभियानमा सक्रिय खड्काले आफ्नो उम्मेद्वारी बारे स्पष्ट पार्दै सबैको साथ र सहयोगको खांचो रहेको बताउनुभएको छ ।
खड्काले सामाजिक संजालमार्फत घोषणा गरेको उम्मेद्वारी
आदरणिय दाजुभाई तथा दिदिबहिनीहरु
हार्दिक नमन।

ग़ैर आवाशिय नेपाली संघ विदेशी भूमिलाई कर्मथलो बनाएर विभिन्न पेशा, ब्यवसाय र रोजगारीमा आवद्ध नेपालीहरुको साझा संस्था हो । स्थापनाको डेढ दशक वित्नै लाग्दा यसले प्रवासी नेपालीको हितमा सोचे जस्तो कति काम गर्यो या गरेन बहसको विषय हुन सक्छ तर संस्थाको गरिमालाई बाचाइराख्न सवैको भूमिका महत्वपूर्ण हुनुपर्छ र सवैले संस्थाको अपनत्व महशुस गर्न पाउनुपर्छ । हामीले एनआरएनएमार्फत नेपाल र नेपालीको हितअनुकुल थुप्रै काम गर्न सक्ने अवस्था छ । यसको पहलकदमी गर्ने नेतृत्व पनि चाहिएको छ ।
स्थापना कालदेखि आजको दिनसम्म आइपुग्दा विभिन्न उतारचढाव पार गर्दै नेपालीहरुको हकहितमा आवाज उठाउँदै आएको सवैसामु जानकारी नै छ । यस्तो परिवेशमा नेपाल र नेपालीले एनआरएनमाथि ठूलो आशा र भरोसा राखेका छन् त्यसकोलागि संस्थाले अभिभावकिय भूमिका निभाउन सक्नुपर्छ । यतिखेर ५०लाख भन्दा बढी नेपाली प्रवासमा छन् र उनिहरुलाई एकत्रित गरी समृद्ध एनआरएनए बनाउनु छ ।
यतिखेर राष्ट्रिय समन्वय परिषद् र अन्तराष्ट्रिय समन्वय परिषदविच कार्य सम्पादनको बाँडफाँड गर्दै हातेमालो गरी अगाडी बढ्नुको विकल्प छैन । तसर्थ राष्ट्रिय समन्वय परिषद् र अन्तराष्ट्रिय समन्वय परिषदविचको दुरीलाई घटाई संस्थाको गरिमालाई मजवुत बनाउन पनि मैले डेपुटी रिजनल कोअर्डिनेटर ९डिआरसि०मा उम्मेदवारी दिने घोषणा गरेको हुँ । संस्थालाई अन्तराष्ट्रिय अभियानको रुपमा संस्थागत गर्दै सबैको पहुंच र स्वामित्व हुनेगरी अगाडी बढाउन मैले उम्मेदवार घोषणा गरेको हुँ ।
मेरो उम्मेदवारी, मात्र उम्मेदवार बन्नु होइन, समग्र प्रवासी नेपालीको बृहत्तर हितको लागि समन्वयन गर्नु र सम्बन्धित देशका सम्बन्धित निकायसंग सहकार्य गर्दै नेपाल र नेपालीको पक्षमा विकासका आयामहरुलाई बढाउन भूमिका खेल्नु पनि हो । सँगसँगै प्रवासमा आफ्नो परिश्रम बेच्ने कामदार, बिभिन्न समस्या भएका विद्यार्थी, नेपालीहरुको विषयलाई पनि एनआरएनएमार्फत सम्बन्धित देश र निकायसँग पहल गर्न मेरो अभियान रहने छ ।
अहिले एनआरएनहरुले नेपालमा रेमिट्यान्स पठाउनु बाहेक उनिहरुले आर्जन गरेको ज्ञान, सिप र पैसालाई लगानी गर्न पाएका छैनन् । एनआरएन भएर पनि आफु जन्मेको माटो र राष्ट्रप्रति आफूले गर्नुपर्ने दायित्वका बारेमा केही न केही गर्नुपर्ने बेला आएको छ । यस्तो वेलामा हामी सवैले हातेमालो गर्दै अगाडी बढ्न मलाई जिम्मेवारी दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
मैले प्रवासमा रहेर पनि नेपाल र नेपालीको हितका लागि थुप्रै सामाजिक संघसंस्थामा रहेर काम गरेको छु । एनआरएनए एन सि सि अमेरिकाको सचिव हुँदा मैले कसैलाई विभेद नगरी आफ्नो जिम्मेवारी निर्वाह गरेको सवैसामु विदितै छ । र अवको दिनमा पनि मैले सकेको योगदान गर्न कुनै कन्ज्युस्याँइ गर्ने छैन ।

मेरो उम्मेदवारी किन ?
१- एनआरएनएले नेपालको विकासको लागि लिएको लक्ष्य र भूकम्पबाट क्षति पुगेको लाप्राकको पुननिर्माणमा सहयोग पु¥याउन ।
२- विश्वभरी छरिएर रहेका झण्डै ५० लाख नेपालीलाई एउटै मञ्चमा समेटी एनआरएनएलाई अझै बलियो बनाउन समन्वय गर्ने ।
३-नेपाल र नेपालीको समृद्धीको लागि युवाहरुलाई आकर्षण गर्ने शसक्त अभियान संचालन गर्न ।
४-प्रवासी नेपाली जहाँ–जहाँ छन् उनिहरुको सम्मानजनक पहिचान र अस्तित्वको लागि सम्बन्धित निकायसंग समन्वय र सहकार्यको लागि पहल गर्न ।
५-संयूक्तराज्य अमेरिकाको भौगोलिक बनावटका कारण नेपाल सरकार संग सम्बन्धित कामकाजको लागि भैरहेको मौजुदा असुविधालाई मध्यनजर गरि नेपालीहरुको घना बस्ति भएको अमेरिकाको टेक्सास , क्यालिफोर्निया लगायतका शहरहरुमा बाणिज्य दूतावास स्थापनाको लागि पहल गर्न ।
६-नेपालमा एनआरएनए मार्फत बैदेशिक लगानी भित्र्याउन ठूला लगानीकर्ताको खोजी गर्न समन्वयकारी भूमिका खेल्ने ।
७- नेपालको पर्यटन विकास र प्रवद्र्धनको लागि एनआरएनए सँग समन्वय गरि विभिन्न मुलुकमा पर्यटकिय अभियान संचालन गर्न ।
– एनआरएनको लागि अब्यवहारिक बनेको दोहोरो कर प्रणाली हटाउनका लागी थालिएको प्रयासलाई कार्यान्वयन गर्ने अवस्थामा पु¥याउन पहल गर्ने ।
-एनआएनएको विभिन्न तहमा रहेर दशकदेखि योगदान दिने अग्रजहरुको सम्मान गर्दै उहाँहरुलाई सल्लाहकारको भूमिका दिने र युवा नेतृत्वको विकास गराउन भूमिका खेल्ने ।

१०- गैर आवासिय नेपाली नागरिकताको ब्यवस्था नेपालको संबिधानमा उल्लेख गरियको छ । संबिधानमा व्यवस्था भएको यो धाराको कानुन बनाई यथाशीघ्र कार्यान्वयनको गर्न ।
११-राष्ट्रको उत्पादन मूलक जनशक्तिको अधिकतम संख्या बिदेशमा रहेको आजको यो सन्दर्भमा आप्रबासी नेपाली नागरिकले प्रबास बाटै मतदान गर्न पाउनु पर्छ भन्ने प्रवाशि आवाजलाई बुलन्द गर्दै आप्रवासी नेपालीको मताधिकारको सुनिश्चितता गर्न ।

१२-दोस्रो पुस्ताका नेपाली जो प्रवासमा जन्मेका, हुर्केका छन् उनिहरुलाई एनआरएनए एनसिसिमार्फत समन्वय गरि नेपालीको सवै प्रकारका भाषासंस्कृति र रीतिरिवाजको पहिचान गराउनुका साथै यसको संरक्षण र प्रवद्र्धनमा विषेश जोड दिन ।
अन्तमा ,एनआरएनए संस्थाप्रति रहेको आम अप्रवासी नेपालीको भरोसालाई अझ उचाइमा पु¥याउन प्रतिवद्ध भएर अगाडि बढ्नेछु । हामीले एनआरएन अभियानमार्फत जति गरेका छौ त्यसलाई संस्थागत गर्दै अझ थप सशक्त ढंगमा अघि बढ्दै संस्थागत सुधार र एनआरएनएलाई साँच्चिकै एनआरएनए बनाउने अभियानमा तपाईहरु सबैको साथ, सहयोग र समर्थन रहनेमा म पूर्णरुपमा आशावादी छु । साथै यॉहाहरू सबैलाई नजिकदै गरेको बिजया दशमिको हार्दिक मंगलमय शुभकामना ।
धन्यवाद । जय एन आर एन ।

शंकर खड्का
निवर्तमान सचिब NRNA NCC USA
उप-संयोजक अमेरीकाज क्षेत्र  (Candidate for DRC 2017-2019)

,