जोर्नीको दुखाइ नियन्त्रणमा राख्न -प्रा.डा. गणेश गुरुङ


प्रा.डा. गणेश गुरुङ (वरिष्ठ हाडजोर्नी विशेषज्ञ)

हाडजोर्नीमा समस्या छ भने नियमित व्यायाम गर्नुहोस् । अल्छीपनले समस्या बढाउँछ । मेरुदण्डको दुखाइ हो भने विज्ञको परामर्शमा नियमित ढाडको विशेष व्यायाम गर्नुपर्छ ।

जोर्नीको दुखाइ कम गर्न पेनकिलर जथाभावी सेवन नगर्ने । पेनकिलरले तत्काल राहत दिए पनि निको हुँदैन । पेनकिलर धेरै प्रयोग गर्दा मिर्गौलामा असर गर्न सक्छ ।

बाथरोगले जोर्नीमा समस्या पारेको हो भने चिसोबाट जोगिनुपर्छ । भित्री शरीरको तातोपनका लागि तातो पदार्थ खाने र बाहिरी शरीरमा पनि तातोपना दिलाउने गर्नुपर्छ ।

युरिक एसिडका कारण जोर्नी दुखेको हो भने मदिरा सेवन चटक्कै छाड्नुपर्छ । रातो मासुलगायत प्रोटिनयुक्त खाना खानुहुँदैन ।

मोटोपनले पनि हाडजोर्नीमा समस्या ल्याएको हुन सक्छ । यस्ता व्यक्तिले मोटोपन नियन्त्रणमा राख्नुपर्छ । प्रोटिनयुक्त खाना बढी खानुपर्छ भने कार्बोहाइड्रेड र बोसोयुक्त खानामा नियन्त्रण गर्नुपर्छ ।

, , ,