डाक्टर केशब पौडेलको टिमलाई नै भोट किन ?


-समीर नेपाल
एनआरएन अमेरिकाको निर्वाचन केहिदिन मै सम्पन्न हुदैछ । यो दुईदिनमा आफुलाई मन परेको अध्यक्ष र टीम छान्नु पर्नेछ ।

म अमेरिकामा बस्ने सामान्य नेपाली हुँ । केही बर्षदेखि अमेरिकामा बसोबास गरेको हुँदा एनआरएन अमेरिकाको सदस्यता लिदै आएको छु । सामान्य व्यक्ति भएकोले होला मसंग कसैले भोट माग्ने कष्ट गर्नुभएको छैन । तर एउटा जिम्मेवार सदस्य भएकोले म आफैले यो संस्थाका गतिबिधीहरुमा आफै चासो दिदै आएको छु । म कुनै पार्टीको हनुमान नभएको, जताततै पहुच नभएको र स्वतन्त्र भएकोले नै होला कसैले भोट नमागेको तर मैले भने भोट कसलाई दिने भनेर पक्का गरेको छु । मैले छानेको अध्यक्ष डाक्टर केशब पौडेल नै हो ।

-पौडेलले दुई बर्षे कार्यकाल सफलताका साथ सम्पन्न गर्नुभएको छ । बिजयको माला पहिरिन नपाउदै पौडेल नेपाल गएर भुकम्प पिडितहरुको सेवामा खटिएको मैले बिर्सेको छैन ।

-यो दुई बर्षमा एउटा पनि बिबादित काम गर्नु भएको छैन । भुकम्प पिडितलाई उठाएको रकम हिनामिना गर्ने जनसम्पर्क समिति र न्यु योर्कमा नेपाली व्यापार मेलाका नाममा मानव तस्करीको छिर्के दाउ खोजेको प्रवासी मंचको कुकृत्य हाम्रा अगाडी छन् । तर डाक्टरको नेतृत्वमा रहेको संस्थाले सेवाका काममा मात्र संलग्न रह्यो ।

-चुनावका बेलामा जस्तै डाक्टर अरु बेला पनि हरेक राज्यका कार्यक्रमहरुमा सक्रिय रहे ।

-नेपालका राजनीतिक पार्टीहरुका आधिकारिक संस्थाहरु जनसम्पर्क समिति र प्रवासी मंचको ईन्डोर्समा परेका छैनन् । कुनै एउटाकोमा पर्छन की भन्ने ठुलो डर थियो । डाक्टरको टिम स्वतन्त्र ब्यबसायी, विचारक र समाजसेवीहरुको बनेकोमा पनि म भोट दिन आतुर छु ।

-डाक्टरको टीमबाट अरुलाई गाली गरेर भोट मागेको देखेको छैन । शालीन, भद्र र नम्र ब्यक्तिहरुको यो टिममा मैले मेरो देशको स्वरूप देखेको छु ।

-पार्टीगत राजनीतिको प्रत्यक्ष गन्ध नभएको यो समूहमा नेपालको सबै विचार, जात, धर्म र क्षेत्रको प्रतिनिधित्व गरेको छ । सबै फूल समेटेर बनेको सुन्दर माला हो यो टीम ।

-बहालवाला नेतृत्वलाई अर्को दुई बर्षका लागी जिम्मेवारी दिनु हामी बसेको देश अमेरिकाको चरित्र पनि हो ।

-डाक्टर एन आर एनको केन्द्रिय अध्यक्ष हुनका लागी तन, मन र धनले योग्य ब्यक्ति हुन । यस्ता ब्यक्तिलाई मत दिन पाउनु मेरो अहोभाग्य हो ।

 जितेपछि समाजसेवा गर्छु भन्नेहरु धेरै छन् तर डाक्टर लामो समयदेखि समाजसेवा गरेर आएका ब्यक्ती हुन । राम्रो ब्यक्तीलाइ एक पटक चुन्दैमा समाज बन्दैन । यस्ता व्यक्तिलाई पटक पटक चुन्नु पर्छ । नराम्रा मान्छेहरु अझै सल्बलाईरहेका छन् । डाक्टरलाई भोट हालेर उनीहरुलाई परास्त गर्नु हामी सबैको दायित्व हो ।

अमेरिकामा आएर पनि कांग्रेस एमालेको कुरा गर्ने हो भने छुट्टै कुरा यदि मनदेखि नै व्यवसायिकताको कुरा गर्ने हो भने यो पटक मत केशब पौडेललाई नै दिनु पर्छ ।

हाल: बाल्टिमोर, मेरिल्याण्ड 

, , , , , , ,