बाना सामुदायिक भबनबारे जानकारी कार्यक्रम हुदै


  

     बाल्टिमोरमा नेपालीहरुको साझा र पुरानो सस्था बाल्टिमोर एसोसेसियसन अफ  नेप्लिज इन अमेरिका (बाना ) ले केहि बर्ष पहिला देखी सुरु गरेको सामुदायिक भवनको योजनाले अब मुर्त रुप लिन थालेको छ । हालसालै बानाले एउटा प्राबिधिक समिती बनाइ सिमित स्रोत साधनको उपयोग गर्दै बाल्टिमोरका नेपालिहरुका लागी ब्यबहारिक रुपमा उपयुक्त हुने भवन स्थान छनोट गर्न र त्यसको लागी आर्थीक स्रोत जुटाउन आर्थीक समिती मार्फत कार्यक्रम अगाडी बढाएको थियो । बानाको पूर्व अध्यक्ष एवम् इन्जिनियर कुलमणी आचार्य संयोजकत्वमा प्राबिधिक समितिको सिफारिसमा बाल्टिमोरको टाउसनमा एउटा भवन किन्ने समझौता गरी त्यसको लागी आर्थीक स्रोत जुटाउन बाना लागी परेको कुरा बानाका बरिस्ठ उपाध्यक्ष सुबोध बिलास पन्तले  बताउनु  भयो ।

         हालको भवनलाई नेपाली स्रोत केन्द्रको रुपमा स्थापना गरी बाल्टिमोर तथा मेरिल्याण्ड  राज्य भित्रका बिभिन्न सघ सस्था समुह तथा ब्यक्तीहरुको सम्लग्नतामा निकट भविस्यमा नै सामुदायिक केन्द्र निर्माण गर्ने योजनाका साथ सुरु गरिएको यो अभियानले बाल्टिमोरका नेपालीहरुमा नया उत्साह थपिएको छ ।

         बानाले खरिद गर्न लागेको भवनमा हाल बानासहित अन्य सङ्घ सन्स्थाहरुको कार्यालय रहने र सनो तथा मझौला खालको कार्यक्रम गर्न मिल्ने बैठक तथा पार्टि हल भएको जनाइएको छ  । यसका लागी बिस्तृत जानकारी दिने उद्देश्यले  आउदो सेप्टेम्बर १०,आइतवारको दिनमा स्थानिय बटर चिकेन,रेष्टुरेन्ट टाउसनमा बानाले एक कार्यक्रमको आयोजना गर्ने र त्यसमा उपस्थित भइ सामुदायिक केन्द्रको योजनालाई सहयोग गर्न बानाकी अध्यक्ष अनसुया श्रेष्ठ वन्तले सम्पूर्ण नेपाली दाजु भाइ तथा सङ्घ सन्स्थाहरुलाई हार्दिक अनुरोध गर्नु भएको छ !
      कार्यक्रम स्थल : Butter chicken Restaurant 6837 loch raven blvd Towson MD 21286
      मिती तथा समय: sep 10, 2017 Sunday
                      11 .00 Am to 2.00 pm
 

, ,