बानाको कम्युनिटी रिसोर्स सेन्टरलाई सहयोग दिने क्रम बढदो



Baltimore Association of Nepalese in America (BANA)ले शुरू गरेको community Resource Center को लागि वाल्टीमोर र मेरिल्याण्ड मात्र  नभई अमेरिकाका विभिन्न स्थानहरूवाट आर्थिक सहयोग प्राप्त भएको छ।

यहि September 17, आईतवारका दिन वानाले स्थानीय Kathmandu Kitchen मा NRN को AGM मा भाग लिन आएका र निर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्ने क्रममा NRNA का उपाध्यक्ष जेदु  पोखरेल र राधा ज्ञवालीले NRNA को उदेश्यनै स्थानीय संघ संस्था लाई सहयोग गर्ने र community Center निर्माणमा सहयोग जुटाउने भएकाले व्यक्तिगत तथा संस्थागत हिसावले सहयोग गर्ने प्रतिवद्दता जनाउनु भयो ।

NRNA NCC मा नव निर्वाचित  Board of Director तथा प्रवासी नेपाली मंच अमेरिकाका पूर्व अध्यक्ष  संजय थापाले पनि व्यक्तिगत र NRNA को तर्फवाट सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै ONF को तर्फ वाट संस्थागत हिसावले सहयोग गर्ने कुराको पनि छलफल भईरहेको वताउनु भयो । यस्तै अर्का board of director गोपेन्द्र भट्टराईले यस्ता कार्यहरूको सहयोग गर्नुनै NRNA जस्तो संस्थाकोदायित्व र कर्तव्य भएको बताउदै आफुले पनि सक्दो सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा California देखि आउनु भएका NRNA California Chapter का अध्यक्ष रामवावु पाण्डे ले आफु सधै यस्ता कार्यको लागि व्यक्तिगत तथा संस्थागत हिसावले लागिरहेको र यस कार्यको लागि पनि खुलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तत्काललाई २५००.०० डलर सहयोग गर्ने यो सहयोग पुन थप गर्ने वताउनु भयो । उहाँले आफु र आफ्नो संस्थाको तर्फवाट उल्लेख्य सहयोग जुटाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।रामबावु पाण्डे यस्ता कार्यक्रमहरूमा सहयोग गर्ने एक समाजसेवीका रूपमा चिनिनुहुन्छ र उहाँको सहयोगले वानाको community resource center को लागि महत्वपूर्ण भुमिका खेल्ने छ।

त्यस्तै कार्यक्रममा NRNA का अन्य निर्वाचित  पदाधिकारी हरू विष्णु साह, प्रीति सागर खत्री,अमृत कट्टेल ले समेत ले वानाको यो कार्यका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

नव निर्वाचित NRNA कमिटीलाई स्वागत गर्ने र community resource center को वारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको यस कार्यक्रम मा वानाकी अध्यक्ष अनु वन्त,वरिष्ठ उपाध्यक्ष सुबोध विलास पन्त कोषाध्यक्ष लक्ष्मी भारती तथा सल्लाहाकार कृष्ण जीबी पन्त र समाजसेवी माधव बहादुरपन्त ले सबैलाई स्वागत गर्नु भएको थियो । वाना का निवर्तमान अध्यक्ष तथा Technician committee का coordinator कुल मणि आचार्यले Resource center को वारेमा छोटो जानकारी दिनुभयको थियो। त्यस्तै कार्यक्रम मा वानाको यस कार्यलाई सहयोग पुर्याउन स्थानीय राजन त्रियाठी, Kathmandu kitchen का संचालक किरण पन्थ लगाएतले महत्वपूर्ण भुमिका खेल्नु भएको थियो। कार्यक्रममा पत्रकारहरू विजय घिमिरे र सच्ची मैनाली को पनि उपस्थिति हुनुहुन्थ्यो ।

यसै कार्यको लागि वानाले आगामी आईतवार September 24 का दिन पनि सोहि Kathmandu Kitchen मा खास गरि संघ संस्थाका प्रतिनिधि आजीवन सदस्य तथा वानाका पूर्व पदाधिकारी तथा कार्यसमिति सदस्य सहित सम्पूर्ण बीचमा Resource Center को वारेमा जानकारी दिने र आर्थिक संकलन गर्ने कार्यक्रम राखेको छ । यस कार्यक्रममा उपस्थिति भईदिनुहुन वानाले सम्पूर्णलाई हार्दिक निमन्त्रणा गरेको छ।

आगामी कार्यक्रम

मिति: September 24th 2017 Sunday
समय: विहान ११ बजे देखि दिउसो २:०० सम्म
स्थान: Kathmandu Kitchen, 22 Allegheny Ave Towson MD 21204
Seen 9:21pm