एनआरएन जापानको निर्वाचन परिणाम सार्बजनिक



बिश्वबन्धु भण्डारी 
जापान

गैरआवासीय नेपाली संघ जापानको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत गणनाको नतीजा सार्वजनिक भएको छ ।

मतदानबाट २ उपाध्यक्ष, १ सचिव, १ महिला सदस्य र ५ केन्द्रीय सदस्य चुनिएका छन् । उपाध्यक्षमा शिव प्रसाद पौडेल र सरोज खत्री,सचिवमा जनक बिक्रम शाही, महिला सदस्यमा सिर्जना पाण्डे, अन्य सदस्यहरुमा हस्त लामा, नारायण खडका, बालकृष्ण कँडेल, लाल बहादुर रावल र राजन पौडेल विजयी भएका छन् ।

अनलाइन भोटिङमार्फत गरिएको मतदानमा जम्मा ७२.६५ प्रतिशत मत खसेको निर्वाचन समितिले बताएको छ । १० हजार ३ सय २७ मतदाता रहेको एनआरएनए जापानको अाइतबारसम्म निर्वाचनमा जम्मा ७ हजार ५०३ मत खसेको थियो ।

मतदानका लागि एनआरएनए जापानको १३ वटा क्षेत्रमा मतदान केन्द्र तोकिएको थियो । यसअघि अध्यक्षमा टासी वाङ्दी लामा, बरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी, महिला उपाध्यक्षमा अनिता गुरुङ (लामा), महासचिवमा बुद्धिराज घिमिरे, कोषाध्यक्षमा कालिकाथापा र सह-कोषाध्यक्षमा रामथापा (अनिल) सर्बसम्मत् चयन भइसकेका छन् ।

नेतृत्वमा पुग्नका लागि उपाध्यक्षमा ५, सचिवमा २, महिला सदस्यमा ३ र केन्द्रीय सदस्यमा २१ जनाको उम्मेदवारी परेको थियो ।



, , ,