एनआरएन अमेरिकाको अध्यक्षमा डाक्टर केशब पौडेल पुन: निर्वाचित


एनआरएन अमेरिकाको अध्यक्षमा डाक्टर केशब पौडेल पुन: निर्वाचित भएका छन् । निर्वाचन गराउने जिम्मा पाएको निर्वाचन समितिले भर्खरै यो सार्बजनिक गरेको हो ।

सार्बजनिक गरिएको नतिजा अनुसार बरिस्ठ उपाध्यक्षमा टेक्सासका सुनिल शाह, महासचिव पदमा बीआर लामा र सचिवमा होमनाथ गौतम विजयी भएको उल्लेख छ ।

प्राप्त जानकारी अनुसार कोषाध्यक्षमा डाक्टर प्रकाश अर्याल र सहकोषाध्यक्षमा पवन योन्जन विजयी भएका छन्।

क्षेत्रीय उपाध्यक्षहरुमा राधा पौडेलले, रामकुमार सुबेदी, जेदु पोख्रेल र उमा कार्की थापा विजयी भएका छन् ।

महिला संयोजकमा इन्दिरा त्रिपाठी विजयी भएकी छिन्।

कार्य समिति सदस्यहरूमा डाक्टर अर्जुन बन्जाडे, कृष्ण लामिछाने, तृष्णा शर्मा, सञ्जय थापा, दिव्या केसी ओली, गोपेन्द्रराज भट्टराई, बिन्दु सापकोटा निरौला, अमृत कट्टेल, प्रीति सगर खत्री, आङ निग्मा शेर्पा र विष्णु बहादुर शाहले विजय प्राप्त गरेका छन्।

एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिका लागि आवश्यक ८ सदस्यका लागि भएको मतदानमा गोमा सेन, धर्म भट्टराई, बिश्नुमान प्रधान, प्रकाश सापकोटा, बन्दना कोइराला, बेदराज बस्नेत, डिल्लीराम भट्टराई र बलराम थापा विजयी भएका छन् ।

निर्वाचन समितीकी प्रमुख बन्दिता शर्मा दाहालले हालै यो नतिजा सार्बजनिक गरेकी हुन् ।

, , , , , ,