एनआरएन अमेरिकाको पहिलो बैठक रचनात्मक निर्णय गर्दै सम्पन्न


बाल्टिमोर / अमेरिका
सेप्टम्बर १८,

 एनआरएन अमेरिकाको पहिलो बैठकले बिबिद रचनात्मक निर्णयहरु गरेको छ । छैठौ साधारण सभा र सपथ ग्रहण कार्यक्रमपछि मेरिल्याण्डको बाल्टिमोरमा बसेको बैठकले टिपिएस नवीकरणका लागि पहल गर्ने, आपतकालीन कोष स्थापना र प्रभावकारी संचालन गर्ने, संस्थाको वेवसाइटलाई चुस्त बनाउने र नेपाली भाषाको पाठ्यक्रम बनाएर अमेरिकाभरीका नेपाली समुदायमा कक्षा संचालन गर्ने निर्णय गरेको छ ।

 जसअनुसार टिपिएस नवीकरणका लागि पहल गर्ने जिम्मा आङनिग्मा जी. शेर्पालाई, आपतकालीन कोषको बारेमा कोषाअध्यक्ष प्रकाश अर्याललाई , वेबसाईटको जिम्मा वरिष्ठ उपाध्यक्ष सुनिल शाहलाई, र नेपाली भाषाको जिम्मा कृष्ण लामिछानेलाई दिएको संस्थाका महासचिव बि. आर. लामाले द नेपाल टुडेलाई जानकारी दिए ।

संस्थाले गरेका अन्य रचनात्मक कार्यक्रमहरुमा धेरै नेपाली बसोबास गर्ने अमेरिकाका बिभिन्न राज्यमा नेपाली भाषामा लाईसेन्स परिक्षा दिन पाउने व्यवस्था गर्ने र यसको जिम्मा उपाध्यक्ष जेदु पोखरेललाई दिने निर्णय गरेको छ । त्यस्तै सदस्यता परिचयपत्र वितरणको जिम्मा गोपेंद्र भट्टराईलाई, एनआरएन हेल्प डेस्कको जिम्मा उमा शाहलाई, एनआरएन हेल्प लाईन सर्भिसको जिम्मा संजय थापालाई, एनआरएन मोबाईल एप बनाउने जिम्मा पवन योञ्जनलाई, युवा सहभागिता र छात्रवृत्ति कार्यक्रमको जिम्मा स्वराज खातीलाई, नेपाली संस्कृति संरक्षण कार्यक्रमको जिम्मा बिन्दु निरौला सापकोटालाई दिएको छ ।

यसैगरी संस्थाको बर्षभरीको कार्यक्रम तालिका सहितको क्यालेन्डर बनाउने जिम्मा महासचिव बि. आर. लामालाई दिएको छ ।

साथै बैठकले संस्थाको आगामी ग्लोबल सम्मेलनका लागि अमेरिकाबाट प्रतिनिधि छान्ने गरी वरिष्ठ उपाध्यक्ष सुनिल शाहको संयोजकत्वमा समिति पनि बनाएको छ ।  समितिका सदस्यहरुमा गौरीराज जोशी, प्रितिसागर खत्री, विष्णु शाह, बाबुराम लामा, राधा पौडेल, पासाङ लामा, प्रमोद सिटौला र स्वराज खाती रहेका छन् ।

"बैठकले निर्वाचनका बेला उमेद्वारहरुले गरेका प्रतिबद्दताहरुको आधारमा व्यापक छलफल र सश्लेषण गरेर केही गर्नै पर्ने कार्यक्रमको सुची बनाएको र साथीहरुलाई जिम्मा दिएको छ" अध्यक्ष केशब पौडेलले द नेपाल टुडेसंग भने, "हामी यो पटक एक्शनलाई अगाडी बढाउने छौं ।"

, , , , , , ,