मेरिल्याण्डको मन्दिरलाई सहयोग गर्न जनसम्पर्क समितिको प्रतिबद्दता


मेरिल्याण्डमा बन्दै गरेको हिन्दु बुद्ध मन्दिरको बनाउन जनसम्पर्क समिति अमेरिकाले सक्दो सहयोग गर्ने सभापति आनन्द विष्टले बताएका छन् ।

 हिन्दु बुद्ध मन्दिर र जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष बीच आईतबार बाल्टिमोरमा भएको औपचारिक छलफलमा विष्टले उक्त कुरा बताएका हुन् । सो छलफलमा मन्दिरका तर्फबाट क्रिस घिमिरे, मृगेन्द्र हुमागाईं र शालिक वाग्ले अनि जनसम्पर्क समितिका तर्फबाट आनन्द विष्ट, समितिका मेरिल्याण्ड च्याप्टरका सभापति राज सेन्चुरी र महासचिव नेत्र के.सीका साथै  रामचन्द्र अधिकारी, राजन त्रिपाठीको सहभागिता रहेको थियो ।

मेरिल्याण्डमा बिशाल जग्गा सहित मन्दिर बन्न लागेको र उक्त मन्दिरलाई जनसम्पर्क समितिको तर्फबाट सहयोग गर्न अनुरोध गरिएको थियो । सभापति विष्टले मन्दिर बन्नु खुशीको कुरा भएको भन्दै यसलाई सहयोग गर्न आफुहरु तत्पर रहेको बताएका थिए ।

, , , , ,