बानाको सामुदायिक भवन निर्माणको लागी एक लाख उनान्तिस हजार डलर संकलन

बाल्टिमोरमा नेपालीहरुको साझा र पुरानो सस्था बाल्टिमोर एसोसेसियसन अफ नेप्लिज इन अमेरिको (बाना) ले एक कार्यक्रमको आयोजना गरी सामुदायीक भवनको लागी सम्पुर्ण प्रकृया पुरा भएको बताएको छ ।
        बाल्टिमोरमा भएको भवनको पुर्व घोषणा कार्यक्रममा बिभिन्न बाल्टिमोर क्षेत्रका बसोबास गर्ने ब्यक्ति तथा संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । केहि बर्ष पहिला देखी सुरु गरेको सामुदायिक भवनको योजनाको बिशेष गरी आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गरीएको कार्यक्रममा आज एक लाख उनान्तिस हजार सात सय पैतालिस डलर संकलन भएको छ । भबनको लागी २०११ मा बानाले आयोजना गरेको महायज्ञमा संकलन हुनबाकि रकम र उपस्थिती रहेका ब्यक्तिहरुबाट यो रकम संकलन गरिएको हो । 

        बानाले बाल्टिमोरमा रहेको टाउसन एरियामा रहेको भवन खरिद गर्ने लागेको हो ।हालसालै बानाले कुलमणी आचार्यको नेतृत्वमा प्राबिधिक समिती बनाइ सिमित स्रोत साधनको उपयोग गर्दै बाल्टिमोरका नेपालिहरुका लागी ब्यबहारिक रुपमा उपयुक्त हुने भवन स्थान छनोट गर्न र त्यसको लागी आर्थीक स्रोत जुटाउन आर्थीक समिती मार्फत कार्यक्रम अगाडी बढाएको थियो । बानाले किन्न लागेको भवनको मुल्य २ लाख ९८ हजार डलर रहेको छ, साथै सकेसम्म सम्पुर्ण पैसा तिरेर भवन लिने योजना रहेकोले बाकि आर्थीक स्रोत जुटाउन बाना थप लागी पर्ने बानाका बरिस्ठ उपाध्यक्ष सुबोध बिलास पन्तले बताउनु भयो । भवन नेपाली समुदायको आवस्यकता भएको र त्यहि आवश्यकता अनुसार भवनको प्रयोग गरिने बानाका पुर्व अध्यक्ष तथा भवन प्राबिधिक टोलिका संयोजक कुलमणी आचार्यले बताउनुभयो । 
बानाले खरिद गर्न लागेको भवनमा हाल बानासहित अन्य सघं सस्थांहरुको कार्यालय रहने र सानो तथा मझौला खालको कार्यक्रम गर्न मिल्ने बैठक तथा पार्टि हल भएको जनाइएको छ, बानाकी अध्यक्ष अनसुया श्रेष्ठ वन्तले यो अभियानले बाल्टिमोरका नेपालीहरुमा नयाँ उत्साह थपिएको बताउनुभयो साथै सम्पूर्ण नेपाली दाजु भाइ तथा सघं सस्ंथाहरुलाई हार्दिक अनुरोध गर्नु भएको छ । कार्यक्रममा महाबाणिज्यदुत प्रेमराजा महत, बानाका पुर्व अध्यक्ष तथा एनआरएन अमेरीकाका उपाध्यक्ष रविना थापा, नव निर्वाचित उपाध्यक्ष जेदु पोखरेल, ओएनएफका केन्द्रिय अध्यक्ष प्रभु थापा, एनआरएन अमेरीका मेरील्यान्ड च्याप्टरका अध्यक्ष दुर्गा श्रेष्ठ, बानाका निबर्तमान अध्यक्ष कुलमणि आचार्य, पुर्व अध्यक्ष विजय श्रेष्ठ, एनएएसडी समुदाएका अध्यक्ष गोपाल बिक, धर्म बिक, कृष्ण जिवी पन्त, डां. बिष्णु घिमिरे, डां. कृष्ण ढकाल, पारसमणि श्रेष्ठ, लगाएतले मन्तब्य तथा आर्थिक सहयोग गर्नु भएको थियो । यसैगरी राप्रपाका केन्द्रिय सदश्य प्रेम श्रेष्ठ, म्याग्दि समाजका अमर छन्त्याल, कास्कि समाजमा कुल गुरुगं लगाएत समेतले सहयोगको घोषणा गर्दै अरुलाइ पनि सहयोगको लागि आग्रह गर्नुभयो। रकम प्रदान गर्नेहरुको नामलिस्टको लागि यहाँ क्लिक  क्लिक गर्न सक्नुहुने छ ।

, , ,