बाल्टिमोरमा दशैं तिहार धमाका सम्पन्न

बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरीका (बाना) ले चर्चित कलाकारहरुका साथमा “दशैं तिहार धमाका २०१७” सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

   बानाको सामुदायकि भवन निर्माणका लागी सहयोग जुटाउने उद्देश्यसहित आइतबार सम्पन्न दशैं तिहार धमाकामा नेपालका बिभिन्न राष्ट्रिय तथा बाल्टिमोरमा बस्ने कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

    कार्यक्रममा चर्चित नेपाली नायक दिलिप रायमाझी, ख्यातीप्राप्त गायक शिब परियार संगै चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसी तथा नृत्यकार पार्वती राई र नायिका रिचा घिमिरेले समेत आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए । साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती संगै मौलिक नेपाली नृत्य, देउसीभैलो, नेवारी नाच प्रस्तुतिले कार्यक्रम थप मनोरंजनमय भएको थियो । कार्यक्रममा बोल्दै बानाका अध्यक्ष अनु श्रेष्ठ वन्तले बानाले खरीद गर्न लागेको भबनको सहयोगार्थ आयोजना गरीएको यो सास्कृतिक कार्यक्रमभएको नेपालीहरु समुदाय को सहभागिताले आफु अत्यन्तै खुसी भएको बताउदै नेपाली समुदाय र नेपाली सस्कृतिको जगेर्ना गर्न बाना सधै लागि पर्ने बताउनु भयो, साथै सबैको सहयोग र साथ लिएर बानाको भवन छिटै खरिद प्रकिया अगाडि बढेको समेत जानकारी दिनुभयो ।र सम्पुणं उपस्थित लाई धन्यवाद दीनुभयो ।
  कार्यक्रममा बोल्दै नेपाल सरकार न्यूयोर्क राज्यका महावाणिज्यदुत मधुकुमार मरासिनीले अमेरीकामा रहेका बिभिन्न समुदायका संघ सस्थाको नाम लिनु पर्दा बाना अग्रपन्तिमा आउने बताउदै भबन खरीद गर्न लागेकोमा सबै बाल्टिमोर बासीलाइ बधाइ ज्ञापन गर्नु भएको थियो, समुदाय केन्द्रीत विभिन्न कामहरू सम्पन्न गर्न आफ्नै भवन अनिवार्य भएको बताउदै बानाले लिन लागेको भवनमा आफु ले सक्दो सहयोग गरने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    उक्त कार्यक्रम प्रबासी नेपाली मन्चका अध्यक्ष प्रभु थापा, निबर्तमान अध्यक्ष कुलमणि आचार्य, समाजसेवी तथा बाल्टिमोर काउन्टी डेमोक्रेटीक पार्टीका रबि लियनार्ड ,एचबी भण्डारी, नासो कम्युनीटी  का   अध्यक्ष  गोपाल बिक ,लगाएतले बानाले लिन लागेको भवन नेपाली समुदायलाई अति आवश्यक भएकोले सबैले सहयोग र साथ दिन अनुरोध गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै बानाका वरिष्ठ उपाध्यक्ष सुबोधबिलास पन्तले साँस्कृतिक कार्यक्रमबाट एकातिर विदेशमा पनी नेपाली रितीरिवाजको प्रबर्धन हुनुका साथै केहि रकम भएपनि बानाको भवनलाई सहयोग हुने भएकाले यस्तै कार्यक्रमलाई आगामी दिनहरूमा पनी निरन्तरता दिईने र सबैको साथबाट आफुहरु उत्साहित भएको बताउनु भयो ।
बानाका अध्यक्ष अनुसुया वन्तको सभापतित्व भएकोपहीलो अपौचारीक कार्यक्रमको सन्चालन सहासचिव हिलालाल गुरुङले गर्नु भएको थियो ,दोस्रो  सांस्कृतिक कार्यक्रम को सन्चालन रिचा घिमिरे ले गर्नुभएको थीयो ।
कार्यक्रमका केहि तस्विरहरु....













, , , , , ,