उद्घाटन समरोहमै जमुनाको प्रचार, महतो कड्किए 

काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ महाधिवेशन तथा विश्व सम्मेलनको उद्घाटन समारोह नयाँ नेतृत्व चयनका विषयमा निकै रोचक रह्यो । एक जना वक्ताले अध्यक्षका उम्मेदवार जमुना घलेलाई जिताउनुपर्ने धारणा राखेपछि लगत्तैका अर्का वक्ता निकै चर्को रूपमा कड्किए ।


समाराहेका तेस्रो वक्ता रहेका संघका पूर्व अध्यक्ष देवमान हिराचनले नयाँ नेतृत्व चयनको कुरा झिके । उनले नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश जस्ता उच्च पद महिलाले सह्मालेको भन्ने दृष्टान्त अघि सार्दै एनआरएनएमा पनि महिला नेतृत्व स्थापित गर्ने अवसर आएको बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघ पनि महिलाले नै नेतृत्व गरेको दृष्टान्त पनि दिए । उनले लिखित मन्तव्य वाचन गरेका थिए । 

हिराचनको उक्त धारणमा सभा कक्षमा मधुरो आवजामा ताली बज्यो ।


लगत्तै मन्तव्यका लागि उपस्थित भएका पूर्व अध्यक्ष उपेन्द्र महतो हिराचनको धारणाका विपक्षमा निकै चर्को रूपमा प्रस्तुत भए । महतोको मन्तव्य लिखित थिएन । उनले हिराचनको नाम नलिई खरो जवाफ दिए । उनले एनआरएनए कुनै एकजनाको नभई ६० लाख नेपालीको नेतृत्वमा चलेको बताए । उनले एनआरएनएमा गुट उपगुटको राजनीति चल्न नहुने पनि बताए ।


महतोले नेतृत्वमा कुन व्यक्ति आउँछ भन्ने कुरा महत्वको नभएको र एनआरएनएले मातृभूमिका लागि के काम गर्छ, संसारभर छरिएर रहेका नेपालीको गौरव र आत्मसम्मान कसरी बढाउँछ भन्ने कुरा महत्वपूर्ण हुने बताए । उनले नेतृत्वमा कसलाई निर्वाचित गर्ने भन्ने कुरामा नभई एनआरएनएको नीति निर्माणमा ध्यान दिन सहभागी प्रतिनिधिहरूलाई आग्रह गरे ।


उनको मन्तव्यमा सभाकक्ष तालीको गडगडाहटले गुन्जियो । 


प्रमुख अतिथिका रूपमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीले महतोको कुरामा ध्यान दिइनन् । लिखित मान्तव्य पढेकी राष्ट्रपतिले पनि ‘आधा आकाश ढाकेका महिला’ भन्दै एनआरएनए ‘नयाँ नेतृत्वमा महिलालाई चयन गर्न खोजेकोमा’ खुसी प्रकट गरिन् । उनले महिलाहरू पनि नेतृत्वका लागि सक्षम रहेको बताइन् ।


समारोहको अन्त्यमा धन्यवाद मन्तव्यका लागि उपस्थित भएका एनआरएनएका अध्यक्ष शेष घलेले महिला र युवाहरूको सहभागिता बढ्दै गएकोले एनआएरनएमा नेतृत्वमा पनि सोहीअनुसार परिमार्जन चाहेको बताए । उनले सम्मेलनको नारा ‘ट्रान्सफर्मिङ एनआरएनए’ भन्नु नै नयाँ नेतृत्वमा महिला चयन गर्नु हो भन्ने अर्थ लाग्ने मन्तव्य प्रकट गरे । उनले एनआरएनएमा महिला र दोस्रो पुस्ताका युवाको बढ्दो संख्यालाई ध्यानमा राखेर संस्थाको रूपान्तरण गर्दै समावेशी बनाउन चाहेको बताए ।


सम्मेलनको नारा ‘ट्रान्सफर्मिङ एनआरएनए ः आवर वुमेन, आवर युथ एन्ड आवर सेकेन्ड जेनेरेशन २०१७’ रहेको छ ।


चार दिन चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ । शनिबार राजधानीमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले पानसमा दीप प्रज्ज्वलन गरी अधिवेशन उद्घाटन गरिन् ।


अध्यक्ष पदका लागि जमुना घले, भवन भट्ट र टिबी कार्की दाबेदार रहेका छन् । जमुना वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हु