प्रसिद्ध सेभेन समिटर शेर्पा क्षेत्रिय संयोजकको उम्मेदवार

काठमाडौं, गैरआवासिय नेपाली संघको विश्व सम्मेलन नजिकिदै गर्दा अमेरिका क्षेत्रबाट संघको अमेरिकाज् क्षेत्रको क्षेत्रिय संयोजक पदका लागि वर्तमान क्षेत्रीय उपसंयोजक एसी शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । सियाटल निवासी शेर्पा गतबर्ष वाणिज्यदुत नियूक्त भएका हुन । एनआरएनको स्थापनासंगै शेर्पाले एनआरए भवन, लाप्राक प्रोजेक्ट, भुकम्प पीडित र बाढी पीडितका लागि समेत काम गरेका कारण अभियन्ता हुन ।

सगरमाथाको चुचुरोमा एनआरएनएको झण्डा लिएर आरोहण गर्ने शेर्पाले विश्वका ७ उच्च शिखरको सफल आरोहण गर्नुभएको छ । हाल सोही बिषयमा ७५ देशका लागि प्रशिक्षक समेत रहेका शेर्पाले नेपालमा पनि एकल र सामुहिक रुपमा विविध क्षेत्रमा लगानी गर्नु भएको छ । क्षेत्रिय संयोजकका रुपमा उम्मेदवार हुँदै शेर्पाले एनआरएन प्रोजेक्ट सम्पन्न गर्न, भवन निर्माण सम्पन्न गर्न, अमेरिका तथा क्यानडाको च्याप्टरहरुको व्यवस्थापनका लागि विशेष योजनालगायत विभिन्न सात बुदे कार्ययोजना प्रस्ताव गरेका छन ।


१. ल्च्ल्ब् ख्ष्कष्यल द्दण्द्दण् ७ द्यभथयलम र चालु परियोजनाहरुलाई सफल कार्यान्वयन र पुरा गर्न अमेरिकाज क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुनाले सोका लागि योगदान गर्ने। संघको क्ष्भ्क् नेतृत्व बिकासमा बिशेष पहल गर्नु मेरो पहिलो काम हो। यतिले मात्र हुँदैन, भोलिको संघ हाँक्ने ल्च्ल्ब् नेता यस क्षेत्रबाट हुनसक्ने बनाउन पहल गर्ने दोश्रो महत्वपूर्ण कुरा हो। यो वर्ष बिधानमा भएको एनसीसीका आधारमा म्च्ऋ संख्या थप्ने ब्यबस्थालाइ पंजीकृत सदस्यताका आधारमा थप गर्ने ब्यबस्थाका लागि पहल गर्नेछु। अमेरिकामा २६ वटा त राज्य च्याप्टर छन्। अमेरिकालाइ नै पूर्वी र पश्चिम क्षेत्र हेर्न छुट्टाछुट्टै थप दुइ म्च्ऋ को टड्कारो आवश्याक्ता भैसकेको छ। क्यानाडा हेर्ने एउटा म्च्ऋ र दक्षिण अमेरिका हेर्न अर्को म्च्ऋ को आवश्यकता छ।

२. यस क्षेत्रका ल्ऋऋ र च्ऋ, म्च्ऋ, थ्म्च्ऋ, ध्म्च्ऋ र क्ष्ऋऋ सदस्य बिचको काम र संबन्धको नियमित सम्पर्क गराउने, नियमित बैठक गर्ने र सबैलाई काममा एक्टिभ गराउने नै मेरो प्रमुख काम हो। यो नै मेरो क्षेत्रको टिम हो र उनीहरुको सकृयता नै हाम्रो सफलता हो। म एउटा टिमप्लेयर हुँ र टिम चलाउनु नै मेरो प्रमुख काम हुनेछ।

३. क्षेत्रका हरेक एनसीसीहरुको बार्षिक र दुइवर्षे कार्ययोजना तय गर्न लगाउनेछु। हरेक महिना उनीहरुको कामको अपडेट लिनेछु, क्षेत्रीय रुपमा योजना, अनुगमन र मुल्यांकन (एःभ्) गर्न एउटा क्षेत्रीयस्तरको एःभ् टिम बनाउनेछु। हरेक एनसीसीको मासिक, त्रैमासिक, अर्धवार्षिक, बार्षिक र दुइ बर्षे रिपोर्ट लिएर क्ष्ऋऋ र क्ष्भ्क् मा पेश गर्नेछु। यो नै मेरो प्रमुख काम हो।

३. क्षेत्रका गतिबिधिको नियमित रुपमा अपडेट गर्ने साथै अन्तरिक विवाद र आपसी मुटावको अन्त्य गरि एउटै मुलको पानी जस्तै संग्लो रुपमा बग्ने एनआरएनहरुको संस्था बनाउन पहिलो पहल गर्ने छु। एनसीसीहरुको हरेक विवाद दुइ बर्षे कार्यकालमा समाप्त गराउनेछु र सफा र सकृय एनसीसीहरु बनाउने नै मुरो प्रमुख लक्ष हो। त्यसका लागि बैठक, योजना र साधारण सभा लगायतका कुराहरुबाट निरुपण गर्ने पहल ल्याउनेछु। सँस्थाको नेतृत्वमा जान निर्वाचनमा जानु स्वभाविक कुरा हो। हार र जितले पर्खाल बन्ने वातावरण अन्त हुनेछ। जो जताबाट उठे पनि त्यो एनआरएन नै हो। जित्नेको पहिलो कर्तब्य भनेको हार्नेलाइ सकृय बनाएर आफुसंगै लैजाने हो। त्यो कुरा खड्केको छ हामी बिचमा।

४. अमेरिकाज क्षेत्रका एनसीसी संख्या ४ बाट १० पुर्याउन पहल गर्ने। हाल यस क्षेत्रमा अमेरिका, क्यानाडा, स्पेन र ब्राजिल एनसीसीहरु छन्। उत्तर अमेरिकाका तीन देशमा दुइ देश मात्र र दक्षिण अमेरिकाका १२ देश मध्य जम्मा दुइ देश मात्र एनसीसी बन्न सकेका छन्। उत्तर अमेरिकाको मेक्सीको र दक्षिण अमेरिकाका अरु १० देश, अनि यूएस टेरिटोरीमा पनि नेपालीहरुको नेटवर्क सुरु गरेर एनसीसी बिस्तारमा पहल गर्नेछु।

५. सम्पूर्ण एनसीसीहरुलाइ क्ष्ऋऋ को वेबपोर्टल अनुसार सदस्य बन्ने र बनाउन संयोजन गरि क्ष्ऋऋ का सम्पुर्ण मापदण्ड पुरा गर्न सबैलाई प्रेरित गर्ने। एनसीसीहरुलाई हरेक ६र६ महिनामा चेकलिस्ट बनाएर मनिटरिङ्ग गर्न लागाउने छु। जसले गर्दा उनीहरु आफैले आफ्नो स्तर हेर्न सक्नेछन।

६. क्षेत्रका सबै एनसीसीहरुको बिधानमा देशको कानुनले रोकेको अवस्था बाहेक क्ष्ऋऋ बिधानसंग मेलखाने गरि एकरुपता ल्याउन क्षेत्रीय स्तरमा सबै एनसीसीहरुको प्रतिनिधित्व हुनेगरी एउटा बिधान अध्ययन कमिटी बनाएर सोको प्रतिवेदनका आधारमा कार्यान्वयन गराउनेछु। यसको कारण सबै एनसीसीहरुको अधिवेशन, निर्वाचन प्रक्रिया, पदसंख्या जस्ता कुराहरुमा एकरुपता आउनेछ।

७. अवधि भरिमा यस क्षेत्रको मात्र एउटा क्षेत्रिय सम्मेलनको आयोजना गर्ने मेरो सदिच्छा छ। सो सम्मेलनमा बिधान र संघको एकरुपता र गतिबिधि जस्ता कुराहरुमा छलफल गराइनेछ। उत्कृष्ट एनसीसीहरुलाई बिशेष रिवार्डको समेत ब्यबस्था गर्ने। क्ष्ऋऋ का परियोजनाहरु र कार्यक्रमहरुमा सहभागिता र योगदानलाइ अझै बढाउने पहल गर्नेछु।

यस बाहेक शेर्पाको सपना भनेको संघका सबै भन्दा उत्कृष्ट क्षेत्र बनाउन नेपाली समुदाय र नेपालको लागि बिशेष पहल गर्ने हो। मुटाव र कलह भन्दा काम गर्ने स्वच्छ नेपाली समुदायको बिकास हो। नेपाली समुदायको ब्याबसायिक बिकास हो। यस्ता यावत कुराहरु राखेर आगडि आउनु भएका एसी शेर्पाले आफुलाई काम गर्ने मौका दिन सम्पूर्ण डेलिगेट्सहरुलाई हार्दिक अनुरोध गर्नुभएको छ ।