न्युयोर्कमा लाईभ कन्सर्ट वीथ राजेशपायल राई हुने

 

न्युयोर्क (अमेरिका)- अमेरिकाको न्युयोर्कमा लाईभ कन्सर्ट वीथ राजेशपायल राई आयोजना हुने भएको छ । न्युयोर्कस्थित नमस्ते नेपाल रेष्टुरेन्टमा यही अक्टोबर २९ तारिख अर्थात आउंदो आइतवार चर्चित गायक राजेशपायल राईको सांगीतिक प्रस्तुती रहने कार्यक्रम लाइभ वीथ राजेशपायल राई आयोजना हुन लागेको हो । कार्यक्रम राती ८ बजेपछि शुरु हुने बताइएको छ । चर्चित गायक राइको भव्य प्रस्तुती रहने कार्यक्रममा सहभागी हुन न्युयोर्कवासी नेपालीहरुमा अनुरोध गरिएको छ । कार्यक्रममा गायक राइलाई जगदिश समाल र गिता बिर्लाकोटीले साथ दिने बताइएको छ ।

Date-oct 29

Venue- 13-16 queens Blvd Ny 11101

Organiger-padam grg