गायिका यशोदा खालिङ राईको फेरी अर्को मन छुने गीतको भिडियो सार्वजनिक [भिडियो सहित]

काठमाडौं,  यसअघि थुप्रै पप तथा आधुनिक गीतहरु गाइसकेकी चर्चित गायिका यशोदा खालिङ राई फेरी पनि सांगीतिक कोसेली स्वरुप आधुनिक गीत लिएर दर्शक स्रोताहरुमाझ आएकी छिन् । आउँदै गरेको तिहारलाई लक्षित गरेर गायिका राईले ‘नशालु तिम्रो हेराईले लौन मलाई घायल बनायो, मोहनी त्यो बोलाईले लौन मलाई पागल बनायो’ बोलको आधुनिक गीत म्यूजिक भिडियोसहित लिएर आएकी हुन् । गायिका राईको सुरिलो स्वरमा सजिएको उक्त गीतको भिडियो भर्खरै मात्र युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । 
आसुतोष राईको शब्द रहेको यो गीत निकै नै मार्मिक र हृदय स्पर्शी बनेको छ। गायक दिनेश न्यौपानेको संगीत संयोजन रहेको यस गीतको भिडियोमा निर्देशक तथा मोडल गम्भीर विष्टको निर्देशनमा युवाहरुको मनमा बस्न सफल नायिका तथा मोडल एलिशा राई र निर्देशक स्वयम विष्टको अभिनयलाई पर्दामा उतार्ने काम छायाँकार ज्ञानेन्द्र शर्माले गरेका छन् । सरसर्ती हेर्दा यो गीतको भिडियो निकै नै उत्कृष्ट बनेको छ। यस गीतले लाखौँ दर्शक स्रोताको मन जित्न सफल होस् !
सम्पूर्ण टिमलाइ शुभकामना !