बुबा आमाको आशीर्वाद र हजारौ समर्थकका साथ गगन थापाद्धारा उम्मेदवारी दर्ता


काठमाडौँ, कार्तिक १६

बुबा आमाको आशीर्वाद र हजारौ समर्थकका साथ गगन थापाद्धारा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।

बिहीबार दिउँसो ३ बजेतिर राष्ट्रिय सभागृह भृकुटीमण्डपमा पुगेर उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दिनु भएको हो । बाबु आमाको आशीर्वाद लिएर उम्मेदवारी दर्ताका लागि घरबाट निस्कनु भएका थापा दर्ता गर्ने ठाँउ राष्ट्रिय सभागृह सम्म पुग्दा हजारौ समर्थकहरुको र्याली भएको थियो ।

नक्साल स्थीत नारायण चौरमा भेला भएका हजारौ समर्थहरु सहित उहाँ ज्ञानेश्वर, डिल्लीबजार, पुतलीसडक, बागबजार, शान्तिबाटिका, पुरानो बसपार्क हुदै राष्ट्रिय सभा गृह पुगेर उम्मेदबारी दर्ता गराउनु भएको हो । उम्मेदबारी दर्तागराउन आएका मध्ये सवै भन्दा ठुलो र्याली नेता थापाकै भएको दर्ताका लागि बसेका कर्मचारीहरुले बताएका थिए ।

उम्मेदवारी दर्ता गराउने क्रममा उहाँले आफूले ४ वर्ष अघि संविधान सभा सदस्यमा निर्वाचित भएपछिको जिम्मेबारी पुरा गरेर फेरी नयाँजिम्मेबारीका लागि उम्मेदबारी दिएको बताउनु भयो ।

नेता थापाले अघिल्लो कार्यकालमा आफुले सक्दो राम्रो र लोकतान्त्रीक संविधान बनाउन प्रभावकारी भूमीका खेलेको बताउदै विकास निर्माणका काम पनि धेरै गर्न भ्याएको र केही पुरा हुन बाँकी कामलाई अवको कार्यकालमा पुरा गर्ने अठोट व्यक्त गर्नुभयो ।

उहाँले आउदो कार्यकाल देशभरीका सवैलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा समान रुपले उपलब्ध गराउने व्यवस्थाका लागि र बस्नलायक काठमाडौ बनाउने अभियानमा केन्द्रीत गर्ने बताउनु भयो । यसअघि दोब्बर भन्दा बढी मत अन्तरले बिजयी हुनु भएका थापाले अहिले पनि मतदाताले आफुलाई नै गौरबका साथ रोज्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघिको चुनावमा उनले माओवादी केन्द्रका नेता एवं हालका उपराष्ट्रपति नन्दकिशोर पुन लगायतलाई पराजित गर्नुभएको थियो । अहिले भने भैसेपाटीमा अपार्टमेन्ट लिएर बस्दै आएका एमाले नेता राजन भट्टराईले नेता थापासँग प्रतिश्पर्धा गर्नुहुने भएको छ । यसअघि समानुपातिकबाट सांसद रहेका भट्टराई क्षेत्र नं. चारका लागि थापा भन्दा निकै कम परिचित र निर्वाचन क्षेत्रमा काम देखिने नेता गरेको स्थानीयहरु बताउछन् ।


, , , , , , ,