नारायणकाजी वडा अध्यक्षका लागि लायक: बाबुराम


१९ कात्तिक २०७४
काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्ना चुनावी प्रतिद्वन्द्वीलाई 'वडा अध्यक्षका लायक' भएको बताएका छन्।

नयाँ शक्ति नेपालबाट आँखा चिन्ह लिएर गृह जिल्लाको चुनावी मैदानमा उत्रिएका भट्टराईले अजिरकोटको टुटवाङमा चुनावी अभियानका क्रममा सबै सेवाका क्षेत्रलाई आफ्नो वडामा मात्र लैजाने नेता वडा अध्यक्षका लागि मात्र लायक हुने बताए।

नेकपा माओवादी केन्द्रबाट भट्टराईसँग पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ भिड्दैछन्। । चुनावमा वाम गठबन्धनबाट श्रेष्ठलाई एमालेको साथ छ भने भट्टराईलाई कांग्रेसले सघाउँदैछ।

'सबै योजनाहरू आफ्नै वडा नै लैजाने, स्वास्थ्य चौकी लगायत सेवा केन्द्रहरु त्यही वडामा केन्द्रित गर्ने। एउटा वडामात्र हेर्ने?,' भट्टराईले श्रेष्ठको नाम नै नलिई भने, 'एउटा वडामात्रै हेर्ने, निर्वाचन क्षेत्र, जिल्ला, देश, समग्र राजनीति नहेर्ने मान्छे प्रतिनिधिसभाका लागि भन्दा वडा अध्यक्षका लागि लायक हुनुहुन्छ।'

, , , , ,