विजय घिमिरे, एक परिचय


पाल्पाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षमा उमेद्वारी दिएका युवा नेता विजय घिमिरे अहिले चुनावी अभियानमा छन् । सानैदेखि राजनीतिमा सक्रिय घिमिरे को हुन् ? उनी किन राजनीतिमा आए र के गरे ? पाल्पाको विकास निर्माणमा उनले अहिलेसम्म के गरे ? उनी आजसम्म कहाँ थिए ? परिबर्तित राजनीतिक व्यवस्थामा उनी किन पाल्पा क्षेत्र नम्बर १ को सांसद पदमा उठ्दै छन् ? घिमिरेका आगामी योजनाहरु के के हुन् ? यस क्षेत्रका मतदाता जान्न चाहन्छन ।

प्रस्तुत छ, घिमिरेको राजनीतिक जीवनको संक्षिप्त परिचय ।

विजय घिमिरेको जन्म २०२५ सालमा पाल्पाको रामपुरमा भएको हो । रामपुरको रामतुलसी माविमा कक्षा ६ मा पढ्दा नै नेविसंघमा आवद्ध भएका थिए र बिद्यालय समितिको सचिव भएका थिए । पढाईमा मेधावी छात्र घिमिरेले छात्रवृतिमा पोखराको गण्डकी बोर्डिंग स्कुलमा पढ्ने अवसर पाएका थिए । सोहि बोर्डिंगको कक्षा १० मा पढ्दा ०४२ पौष १ मा सालमा तत्कालिन अञ्चलाधिशका अगाडी पंचायती संबिधान च्यातेपछि बिद्यालयबाट कारबाहीमा परेका थिए ।

तर, उनको राजनीतिप्रतिको झुकाब रोकिएन । कलिलो दिमागमा रोपिएको राजनीतिको बिऊ बिस्तारै व्यवस्था परिबर्तनको दिशातर्फ उन्मुख भयो । काठमाडौँको अमृत साईन्स क्याम्पसमा पढ्न आएका विजय घिमिरेले पढाईका साथसाथै राजनीतिमा पनि आफुलाई होमे ।

 २०४६ सालमा देशभर संयुक्त आन्दोलन गर्ने क्रममा पाल्पाको केन्द्र रामपुरलाई बनाईयो र यसको जिम्मेवारी घिमिरे स्वयमले नै लिए । जनप्रदर्शन गर्ने क्रममा पहिलो दिन मै जनसागर उरालेका विजयलाई तत्कालिन प्रशाशनले ताकेर गोली हान्ने आदेश दियो । विजयलाई दागेको गोली उनका दाई सूर्य घिमिरेलाई लाग्यो । सूर्य घिमिरे ०४६ सालका पहिलो शहिद भए भने विजय जीउँदो शहिदका रुपमा राजनीतिमा चर्चित हुन पुगे ।

तत्कालिन भूमिगत राजनीतिका बेला उनी नेपाली कांग्रेस पाल्पाको जिल्ला सदस्य र ने.वि.संघ पाल्पामा सचिव भएर पार्टीको काम गरे । ०४७ र ०४८ मा उनले नेपाली कांग्रेस पाल्पा, नेविसंघ पाल्पा र नेविसंघ पाल्पा क्याम्पसमा एकसाथ सचिव भएर पार्टी संगठनमा अति सक्रियताका आफ्नो भूमिका निर्वाह गरे ।

देशमा राजनीति क्रान्ति सफल भएर व्यवस्था परिबर्तन भएपछि विजय आफ्नो थप शैक्षिक योग्यता हासिल गर्नतर्फ लागे । उनले भारतको बम्बैस्थित एउटा प्रतिष्ठित विश्व बिद्यालयबाट चार्टर एकाउन्टेन्ट (सीए) पढेर ०५४ सालमा नेपाल फर्केका थिए । नेपाल फर्केपछी उनलाई राजनीतिमा लाग्न ठुलो दबाब आयो । त्यो दबाब सर्बसाधारण मतदातादेखि राजनीतिमा सकृय नेता कार्यकर्ताहरुबाट आएको थियो । घिमिरेले जिल्लामा तमाम नेताहरु राजनीतिमा सक्रिय रहिरहेकोले उहाँहरुलाई नै सम्मान स्वरूप बाटो छाड्ने सोंच बनाए र पछाडीबाट सहयोग गरिरहे ।

०५६ मा पाल्पा क्षेत्र नम्बर १ बाट कांग्रेसका उमेद्वार बनेका टंकनाथ काफ्लेको निधन भएपछी मतदानको केहि दिन अगाडी मात्र टिकट लिएर उमेद्वार बनेका थिए । मतदातामा त्यो बेला देखिएको अलमल र छोटो अबधिको चुनाबी अभियानका कारण झिनो मतले घिमिरेले पराजय ब्यहोर्न पर्यो । त्यो बेला पार्टीका लागी बाध्य भएर मैदानमा आएका घिमिरेले त्यसपछि राजनीतिलाई केहिसमय पार्टीभित्र मात्र सिमित गरे । उनी पार्टीभित्र सक्रिय बने र पाल्पाको विकास निर्माणका काममा एउटा युवा नेताका रुपमा सक्रिय रहे । साथमा उनले आफ्नो पढाई अनुसारको ब्यबसाय संचालन गरे ।

पढेर आएका घिमिरेले यो एक दशकको समय आफ्नो ज्ञान, बुद्धि र सीपलाई यो देशको हीतमा लगाए । उनले यहि समयमा पाल्पाका बिकास निर्माणका काममा आफुलाई सधै अग्रस्थानमा राखे । पाल्पाको क्षेत्र नम्बर १ का हरेक ठुला विकास निर्माणका काममा जनमत तयार गर्नेदेखी नेता, मन्त्री र सरकारी कार्यालय र मन्त्रालयमा डेलिगेशन जानेसम्मका काममा उनको सक्रियता सधै रहिरह्यो । यस कार्यमा उनले एमालेका नेताहरुसंग पनि सहकार्य गरेर आफुलाई विकासबादी युवाका रुपमा स्थापित गरे ।

काठमाडौँमा रहेका घिमिरेले यस क्षेत्रका जनतालाइ हरेक गाह्रो साह्रोमा मन फुकाएर सहयोग गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउछन ।

आफु योपटक यस क्षेत्रका जनताको आव्हान र अनुरोधलाई शिरोधार्य गर्दै निर्वाचनमा आएको र विकास निर्माण आफ्ना मुख्य एजेन्डा भएको घिमिरेको भनाई छ ।

उनले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी र सिंचाई आफ्ना प्रमुख एजेन्डाहरु रहेको बिभिन्न कार्यक्रमहरुमा सार्बजनिक गरिसकेका छन् । बिशेषगरी यस क्षेत्रमा तत्काल सिपमुलक शिक्षा र तालिम संचालन गरेर यहाँका युवाहरुलाई रोजगारमा लगाउने उनको योजना छ । दलित, जनजाती र गरिब तथा बिपन्न बर्गका परिवारको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले साना तथा घरेलु उद्योग संचालनलाई घिमिरेले पहिलो प्राथमिकतामा राखेका छन् ।




, , , , , , , ,