गजल -ओम कुमारी खाँण


                 गजल

पुर्व पश्चिम उत्तर दक्षिण लेकबेशी हरियाली चारैतिर !
देश देखि बिदेश सम्म एउटै मन पाल्पाली चारैतिर !!

कोमल मन सकिँदैन देख्न दु:ख पीडा कसैको पनि !
लाखौं सन्तान कर्मठछौ हिम्मतवाला हिम्मतवाली चारैतिर !!

लगाई हिडछौ शिरमा ढाकाटोपी चौबन्दी चोली पछ्यौरी !
सयौ गोडा एकै पाईला एकै चाल चाली चारैतिर !!

भैरवस्थान सिद्दबाबा रम्वादेदी सीतामाताको आशिर्वाद !
झुकाउने/लुकाउने छैनौ तिम्रो शिर गौरवशाली चारैतिर !!

अशिक्षामा रुमलिन नपरोस सक्षम आत्म निर्भर बनौ !
नयाँ समाज बनाऔ कुसंस्कार फाली चारैतिर !!

संरक्षण गरौ पुरातत्व जिर्ण दरवार रानी महल !
सबै मिलि एक एक ईटा थपौ गाह्रो हाली चारैतिर !!
 
 
रामपुर नगरपालिका ६ बरडाडा, पाल्पा
हाल "युएई"


, , ,