प्रकाशको अवस्थाका बारेमा डाक्टरहरुले बोल्न मानेनन


काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघातका कारण काठमाडौँको नर्भिक अस्पताल राखिएको छ । हृदयघातका कारण अस्पताल लगिएका प्रकाशको अवस्थाका बारेमा डाक्टरहरुले केहि बोल्न मानेका छैनन् ।

चुनावी कार्यक्रमका लागी पुर्वको झापा पुगेका पुष्पकमल दाहाल हेलीकप्टरबाट काठमाडौं आईपुग्दै छन् । प्रचण्ड आएको केही समयपछि प्रकाशको स्वास्थका बारेमा बास्तविकता बाहिर आउने छ । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।

अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्‍याएका दाहाललाई डाक्टरले  बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए ।

, , , ,