मेरो विरुद्धमा गीत गाएर बद्रि पंगेनीको एक तल्ला घर बनोस्, शुभकामना छ : गगन थापा


२७ कार्तिक

नेपाली कांग्रेसका युवा नेता पूर्व स्वास्थ्य मन्त्री गगन थापा प्रतिनिधि सभाको लागी काठमाण्डौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन्। उनका मुख्य प्रतिष्पर्धीका रुपमा एमालेका युवा नेता राजन भट्टराईलाई हेरिएको छ ।

अघिल्लो पटक काठमाण्डौं क्षेत्र नम्बर ४ बाटै चुनाव जितेर सभासद भएका गगन थापालाई त्यहाँका बासिन्दाले भने जस्तो विकाशका कामहरु गर्न नसकेको आरोप लगाएका छन् नि ? हिमालय टेलभिजनको कार्यक्रम धमलाको हमलामा ऋषि धमलाले प्रश्न गरे।

धमलाको प्रश्नको उत्तर दिदै गगनले भने- ‘नेपालको २४० निर्वाचन क्षेत्रहरु मध्ये सडक,खानेपानी लगायतका पूर्वाधारहरुको बिषयमा गएको चार बर्षमा मन्त्रालयहरु धाएर अरु ठाउँको भाग पनि खोसेर सबैभन्दा बढि बजेट आफ्नै निर्वाचन क्षेत्रमा ल्याएको दाबी गगनले गरे।’

यो निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एक,दुई,तिन बहुमत आउँछ,गगनले दावी गरे।

बाम गठबन्धनले चुनाव जितेपनी ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने दावी गगनले गरे।बाम गठबन्धनलाई गगनले लोभिपापीको संज्ञा दिए।

गगनले भने- ‘यदि कसैको चुनाब प्रचारमा झापा गए भने म गणतन्त्रको लागी लड्दै गर्दा गणतन्त्र गोरु-गाडा चढेर आउँदैन भन्ने केपी ओलीलाई भोट नदिनु भन्छु। त्यसैले ओलीले पनि आफ्न निर्वाचन क्षेत्रमा आएर राजन भट्टराईलाई भोट माग्नु गलत नभएको बताए।

एक चुनावी सभामा गायक बद्रि पंगेनीले गित मार्फत आफूप्रति प्रहार गरेको शब्दलाई लिएर गगनले भने- ‘बद्रि पंगेनीको गित सुन्ने फुर्सद मलाई छैन।त्यस्तो गित गाउदा बद्रिकै मानमर्दन भयो होला,मलाई वास्ता छैन। मेरो विरुद्धमा गित गाएर दुई-चार पैसा आम्दानी हुन्छ भने राम्रै भो। बद्रि जीको एक तल्ला घर बनोस् शुभकामना छ मेरो, मेरो के भन्नु छ र ?’

–पानाखबरबाट

, , , , ,