नेपाली कांग्रेसको नयाँ गीत सार्बजनिक (भिडियो सहित)





काठमाडौं।

नेपाली कांग्रेसको नयाँ गीत सार्बजनिक भएको छ ।

लोक गायक बिमलराज क्षेत्री र गायिका ऋतु थापाको को स्वरको यो गीत गीतकार एकनारायण भण्डारी लेखेका हुन् । यसको संगीत पनि एकनारायण भण्डारीले नै गरेका छन् ।

प्रसान्ति डिजिटलले यो गीत बजारमा ल्याएको हो । गीतमा राजु केसी र सृजना क्षेत्रीले अभिनय गरेका छन् ।

कुमार केसीको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् । प्रविन भट्टको सम्पादनमा तयार पारिएको भिडियो अहिले चर्चामा छ। नेपाल बिद्यार्थी संघका केन्द्रीय महामन्त्री कुन्जनराज काफ्लेको पहलमा आएको हो । नेविसंघकै केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलले गीत निर्माणको कार्यमा व्यवस्थापन गरेका छन्।


, , , , ,