केकीको नयाँ कदम



केकी अधिकारीको करिअर थालनी भयो, म्युजिक भिडियोबाट । दर्जनौँ भिडियोमा मोडलिङ गरेपछि फिल्ममा फड्को मारिन्, स्वरबाट । सुन्दर मुहार र अभिनय क्षमताले केकी नम्बर वान नायिकाको दौडमा सहभागी भइन् ।

 खास गरी प्रेम र पारिवारिक कथामा बन्ने चलचित्रमा उनको रोजाइ लोभलाग्दो थियो । तर, पछिल्लो केही समययता केकीको करिअर ओरालो लागेको आभास गरिएको छ ।

घामपानीबाहेक उनी अभिनीत कुनै फिल्मले लगानीसमेत फिर्ता गर्न सकेनन् । तैपनि, हार मानिनन् । बरु, निर्माताको रुपमा देखापरेकी छन् ।

फिल्म हो, कोहलपुर एक्सप्रेस, जसमा केकीसँगै प्रियंका कार्की र ऋचा शर्माको अभिनय देख्न पाइने छ । निर्देशनको जिम्मा पाएका छन्, विशाल भण्डारीले ।

उनलाई हिरोइनका रुपमा क्रेज जोगाउन हम्मेहम्मे परेका बेला निर्माणयात्रा कत्तिको फलदायी हुने हो ? हेर्न बाँकी छ ।

, , , ,