छम छम चमेली आउँन मेरी पियारी...(भिडियो सहित)


काठमाडौं,
मसिंर ४

सञ्जय पाण्डेको निर्देशनमा तयार भएको ‘छम छम चमेली आउँन मेरी पियारी….’ डान्सिङ् गीत सार्वजनिक भएको छ । प्रमोद खरेल र आस्था राउतको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

हरि पाण्डे र सृष्टि खड्काको अभिनय रहेको भिडियो चरौदी, मलेखु र काठमाडौंका विभिन्न रमणीय दृष्य कैद गरिएको छ ।

बिजु बज्रको सङ्गीत, छायाँ राना मगरको शब्द रहेको गीतको भिडियोलाई राजेन्द्र पाण्डेले छायाँकन तथा सम्पादन गरेका हुन् ।

केही समयको अन्तराल पछि पुनः निर्देशनमा क्रियाशिल रहेका सञ्जयले फेरि राम्रा राम्रा भिडियो मार्फत दर्शकको मन जित्न सफल भएका छन् ।

गीतको अडियो भिडियोलाई भकारी म्युजिकले बजारमा ल्याएको हो ।


, ,