नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ घोषणा र चलचित्रको आवेदन खुल्यो



प्रेस विज्ञप्ति

वासिङ्गटन डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ मे १८ देखि २० सम्म हुने घोषाणा गरेको छ । वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको कुरा यसै विज्ञप्तीमार्फत जानकारी गराउदछौं ।

चलचित्र महोत्सवसमा मूलतः नेपालका फिचर फिल्म (feature), वृत्तचित्र (documentary), छोटा चलचित्र (short-film), एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसंग  बृहत छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त चलचित्रका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसंगको सहकार्यमा आयोजना गरिनेछ । यस महोत्सवलाई नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति (Film  Culture ) सम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ । त्यसैले महोत्सवलाई सफल बनाउन हामी सबैलाई हार्दिक अनुरोध गर्दछौं ।

चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ र फिल्म सोसाइटीको कार्यालय अमेरिकाको ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने छ । नेपालका चलचित्रकमीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन् । आवेदन सम्बन्धिका विवरण तथा नियमहरु हाम्रो वेभसाइट  www.nafilmsociety.org  मा उपलब्ध छ । महोत्सव सम्बन्धी थप प्रगति विवरणहरु तथा जानकारीका लागि सोसाइटीको सामाजिक सञ्जालमा जोडिन सक्नु हुनेछ ।

चलचित्र महोत्सव वा आवेदनहरुबारे थप जानकारीहरु चाहिएमा हामीलाई संपर्क गर्नुहोला ।
contact@nafilmsociety.org
nafilmsociety@gmail.com

, , , , , ,