चुनाव बिथोल्नेलाई कारबाही हुन्छः प्रधानमन्त्री


२०७४ मङ्सिर ४, सोमबार

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव बिथोल्न खोज्ने माथि कडा कारबाही हुने बताएका छन् ।  आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले लोतातान्त्रिक पद्धतिमा चुनाव अतिआवश्यक भएकाले चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुने बताए ।

प्रदेश नं ७ का विभिन्न जिल्लामा आयोजित काँग्रेसको चुनावी सभामा सहभागी भएर सोमबार उनी काठमाडौँ फर्किएका छन् ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचनको उचित सुरक्षा व्यवस्थापन गर्न नेपाली सेना परिचालन गर्ने निर्णय भइसकेको जानकारी दिए ।  विभिन्न जिल्लामा भएको कांग्रेसको चुनावी सभामा जनताको सहभागिता उत्साहजनक रहेको पनि उनले बताए । रासस

, , ,