प्रकाश दाहाललाई हृदयघात, अवस्था चिन्ताजनक


 ३ मंसिर २०७४


तस्बिर: फाइल
काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयघात भएको छ। दाहाललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको बताइए पनि अस्पतालले कुनै सूचना दिएको छैन।

दाहाललाई आइतबार बिहान अचेत अवस्थामा अस्पतला पु¥याइएको पारिवारिक स्रोतले जानकारी दियो।

अचानक छोरा प्रकाश अस्पताल भर्ना गरिएपछि प्रचण्ड झापाबाट काठमाडौँ फर्कँदैछन्। वाम गठबन्धनको चुनावी सभाका लागि प्रचण्ड झापा पुगेका थिए। आइतबारको कार्यक्रम छाडेर प्रचण्ड काठमाडौँ फर्किएका हुन्। यो खबर पहिलोपोष्टले छापेको छ ।

,