निर्वाचनमा उत्साहपुर्ण सहभागिताप्रति वरिष्ठ नेता पौडलद्धारा आभार व्यक्त


काठमाडौं, १० मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानसभाबाट संविधान जारी भएपछि भएको ऐतिहासिक प्रतिनिधिसभा र प्रदेससभाको पहिलो चरणको निर्वाचनमा नेपाली जनताको स्वतस्फुर्त र उत्साहपुर्ण सहभागिता लोकतन्त्रप्रतिको नेपाली जनताको निष्ठा र सर्मपणको उत्कृष्ट नमुना भएको बताउनु भएको छ । 

त्याग, निष्ठा, सिद्धान्त र आदर्सले लोकतान्त्रिक मुल्य मान्यतालाई जीवन्त तुल्याउने र त्यो पहिलो चरणको निर्वाचनको मतदानमा नेपाली जनताले देखाएको सहभागिताले प्रमाणित गरेको बताउँदै वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनमा नेपाली जनताले देखाएको सहभागिताप्रति आभार व्यक्त गर्नुभएको छ । 

“लोकतन्त्रको यो सवैभन्दा महत्वपुर्ण उत्सव हो, जुन सान्तिपुर्ण रुपमा सम्पन्न भएको छ र दोस्रो चरणको निर्वाचन पनि यसैगरी जनताको उत्साहपुर्ण सहभागितामा सम्पन्न भएर आर्थिक रुपमा समृद्ध नेपाल निर्माणको मार्ग प्रसस्त गर्नेनै छ भन्ने मैले विस्वास लिएको छु,” वरिष्ठ नेता पौडेलले आज जारी गर्नुभएको सन्देसमा उल्लेख छ ।

,