गजल -कृष्ण मल्ल ठकुरी

गजल



मुग्लिन देखेको छु मैले मुग्लान देखेको छु
गरिबको चुलोमा चिसो ओदान देखेको छु!!

मालिक सुत्ने ठाउँमा पालेले जानै दिएन
नजिकबाट नोकर सुत्ने ओछ्यान देखेको छु!!

तिमी देउता हुन्छ भन्छेउ भुत हुदैन भन्छेउ
छिमेकमै मैले कति सैतान देखेको छु!!

इमान्दारले जिबनभरी इज्जत भेटाउदैन
भ्रष्टको तस्बिरमा पनि सम्मान देखेको छु!!

रोग,भोक,अनिकाल,अशान्ती सबै यथावत छन
देख्न त खुब आशलाग्दो संविधान देखेको छु!!


बाजुरा
हाल: राजधानी

, ,