पाल्पाको रामपुरमा देउवा र पौडेल दुवै आउदै, बृहत चुनावी सभाको तयारी


यही मंसिर २१ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै पाल्पाको रामपुर बेझाडमा मंसिर ९ गते शनिवारका दिन बृहत चुनावी आमसभा हुने भएको छ ।

आमसभामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोहि सभामा बरिष्ठ उद्योगपति एवम् नेपाली कांग्रेसका नेता बिनोद चौधरी, नेपाल तरुण दलका केन्द्रिय सभापति जीतजंग बस्नेत, कांग्रेस पाल्पाका सभापति बिरबहादुर राना लगायतका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रम रामपुरको बेझाड बजारमा मध्यान्ह १२ बजेबाट शुरु हुने नेपाली कांग्रेस चुनाव प्रचार प्रसार समिति क्षेत्र नं १,पाल्पाले जनाएको छ ।

देशमा लोकतन्त्रको बहालीपछि संबिधान कार्यान्यन र अबको आर्थिक संमृद्धिको यात्रामा नेपाली कांग्रेसको आगामी निती कस्तो हुने भन्नेबारेमा नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उमेद्वार बिजय घिमिरेले बताउनु भयो ।

यो कार्यक्रमलाई भब्य रुपमा सम्पन्न नेपाली कांग्रेसका नेता कार्यकर्ता सक्रिय भएका छन् ।

कांग्रेसको नेतृत्वमा शान्ती र संबिधान, कांग्रेसकै नेतृत्वमा संमृद्धिको अभियान भन्ने नारा सहित यो पटक कांग्रेस निर्वाचनमा छ ।

, , ,