बाल्टिमोरमा स्वास्थ्य सचेतना तथा स्वास्थ्य शिविर कार्यक्रम हुने

        आउदो आइतबार नोभेम्बर १९ तारीक आइतबारका दिन बाल्टिमोरमा स्वास्थ्य सचेतना तथा स्वास्थ्य शिविर कार्यक्रम हुने भएको छ । लायन्स क्लब बाल्टिमोरको आयोजनामा तथा द मेरील्यान्ड स्कुल अफ फर द ब्लाइन्ड को सहकार्यमा आइतबार The Maryland School for The Blind, 3501 Taylor Avenue, Baltimore Maryland  मा आयोजना हुने कार्यक्रममा स्वास्थ्य क्षेत्रका जानकारहरुले मुटु, ब्लड प्रेसर, हाइ कोलेस्ट्रोल जस्ता रोग, जोखिम र यसबाट निरोगी हुने उपायबारे जानकारी दिनेछन् । 
      कार्यक्रममा डा. अजय भण्डारी तथा दिब्या हाडाले स्वास्थ्य सचेतनाको लागी आफ्नो प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य प्रस्तुतिसंगै अमेरीकामा बढ्दै गएको डिप्रेसन तथा सुसाइटको बिषयमा पनी छलफल र जानकारी मुलक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । 

       साथै कार्यक्रममा डा.डिल्लिराम पौडेलं, डा. विशाल भण्डारी, डा. सरगम महत, डा. निरन्जन भारती अस्मिता श्रेष्ठ, रस्मिता सुवेदी, रैना श्रेष्ठ, जिगिसा भारती, आसा पन्त, बिनु कोइराला, अरुण आकास श्रेष्ठ, निलिमा श्रेष्ठ लगाएतले सहजिकरण गर्नुहुनेछ   
          लायन्स क्लब बाल्टिमोरका बिजय श्रेष्ठले कार्यक्रममा बाल्टिमोर र आसपासमा बस्ने सबै नेपालीलाइ स्वास्थ सचेतना संगै हुने स्वास्थ्य शिविरमा उपस्थित भै आफ्नो स्वास्थ्यको नम्बर जान्नुपर्ने बताउनु भयो, उहाँले आफ्नो नाम, ठेगाना थाहा भएजस्तै आफ्नो कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको मात्राको नम्बर थाहापाउनु पर्ने भन्दै त्यस अनुरुप जीवनशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो, ।  साथै कार्यक्रमा ५० बर्ष भन्दा माथिका सबै ब्यक्तिलाइ निशुल्क फ्लुसट दिने कार्यक्रम समेत रहेको छ । 

, , ,