काँग्रेस गम्भीर आन्तरिक छलफलमा

 २०७४ कार्तिक १९


काठमाडौँ । नेपाली काँग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई सफल बनाउन पार्टीको आन्तरिक छलफल र तयारी शुरु गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आफ्नातर्फका उम्मेदवारलाई विजयी गराउन बृहत् छलफल शुरु गरेको हो ।

समितिको संयोजकमा नेता बालकृष्ण खाँण छन् ।

समितिले आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा काँग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) लगायतका संस्थासँग छलफल गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

त्यसैगरी, आइतबारै केन्द्रीय निर्वाचन परिचालन समितिले गत स्थानीय तह निर्वाचन, २०७४ का सन्दर्भमा गठन भएको केन्द्रीय निर्वाचन प्रचारप्रसार उपसमितिका सदस्यहरुसँग स्थानीय तहको निर्वाचनमा तत्कालीन प्रचार समितिले गरेका काम र भावी रणनीतिका सम्बन्धमा राय सुझाव लिएको थियो ।

समितिले सबै जिल्लामा जिल्ला निर्वाचन परिचालन समिति र जिल्ला कार्यसमितिले तोकेको व्यक्ति संयोजक र नेपाल प्रेस युनियन जिल्लाका अध्यक्ष सहसंयोजक रहने गरी जिल्ला निर्वाचन प्रचारप्रसार समिति गठन गर्न परिपत्र गरिसकेको जनाएको छ ।

, , , ,