बाम गठबन्धन लोकतन्त्र विरुद्धको गठबन्धन हो ः वरिष्ठ नेता पौडेल 



धमिलिकुवा, (लमजुङ) ४ मंसीर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम गठबन्धन लोकतन्त्र विरुद्धको गठबन्धन भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस राइनास नगरपालिकाले आज धमिलिकुवामा आयोजित गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले मुलुकलाई फेरी द्धन्द्धतर्फ लैजाने योजनाअनुसार गठबन्धन गरेको बताउनुभएको हो ।

“बहुदलीय पद्धतीमा आएको कम्युनिष्ट फेरी एक भएर मुलुकमा तानाशाह जन्माउन खोज्दैछ, यसलाई रोक्नका लागि भएपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ,”– नेता पौडेलले भन्नुभयो । बाम एकता मुलुकमा अनिष्टको संकेत भएको उहाँको भनाई थियो ।

नेता पौडेलले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन हुन नपाउँदै यसलाई कम्युनिष्टहरुले भत्काउन खोजेको आरोप लगाउनुभयो । “आफुलाई कम्युनिष्ट भन्ने साम्यवादी तत्वले परिवर्तनलाई स्वीकार गर्न सकेन,”– उहाँले भन्नुभयो ।

उहाँले तानासायी, अधिनायकवादीहरुलाई समाप्त पारेको काँग्रेसले कम्युनिष्टलाई पनि समाप्त पार्ने बताउनुभयो । साम्यवाद लाद््ने र अधिनायकवाद लाद््ने शक्तिको बहुमत आउन नसक्ने उहाँको भनाई थियो । मुलुकका हरेक परिवर्तन नेतृत्व काँग्रेसले गरेको भन्दै अब सम्बृद्ध राष्ट्र निर्माणको नेतृत्वपनि काँग्रेसले गर्ने बताउनुभयो ।

नेता पौडेलले काँग्रेसहरु एक भए देशभर काँग्रेसको बहुमत आउने एक भएर निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । “काँग्रेसलाई जिताउनुहोस््, काँग्रेसको हार काँग्रेसका कारण नगर्नुहोस््,– उहाँले भन्नुभयो । पार्टीभित्र अन्तर्घातका कारण काँग्रेसले हारे अन्तर्घात गर्ने नेतालाई कारबाही गरिने उहाँले बताउनुभयो ।

लमजुङ सुनको भूमी रहेकाले लमजुङको विकासका लागि आफु सँगै रहेको उहाँको भनाई थियो ।
नेपाली काँग्रेस लमजुङ प्रतिनिधी सभाका उम्मेद््वार दिलबहादुर घर्तीले कम्युनिष्ट शासन हटाएर देश विकास गर्नु काँग्रेसको अभियान भएको बताउनुभएको छ ।

नेता घर्तीले मुलुकमा लोकतन्त्रको विकल्प नभएको बताउनुभयो । “हत्या हिंशा रोक्नु, गरिबलाई धनी बनाउनु, आर्थिक सम्बृद्धि बनाउनु अबको मुख्य लक्ष्य हो,”– उहाँले भन्नुभयो ।

लमजुङको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनु आवश्यक रहेको बताउनुभयो । “काँग्रेसले जितेमात्र लमजुङको विकास हुन्छ,”– उहाँले भन्नुभयो । उहाँले विकासप्रेमी नेतालाई भोट दिने कि विधंशकारी शक्तिलाई भोट दिने जनताले फैसला गर्नुपर्ने बताउनुभयो ।

काँग्रेस लमजुङ प्रदेश (क)का उम्मेद््वार गर्जबहादुर गुरुङले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागिपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो । “यस क्षेत्रको विकास मेरो जिम्मेवारी हो,”– उहाँले भन्नुभयो ।

उहाँले लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले आफुले जिते मस्र्याङ््दी, दोर्दी र चेपे करीडोरको बाटोलाई कालोपत्रे गर्ने बताउनुभयो । नेता गुरुङले पूर्वी लमजुङमा आधुनिक कृषि, क्याम्पस, औधोगिक क्षेत्रको विकास आफ््नो प्रमुख उदेश्य रहेको स्पष्ट पार्नुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो । “बाम गठबन्धनको नाममा काँग्रेसले निर्माण गरेको संविधान कार्यान्वयन हुन नदिन केही दलहरु लागेका छन््, त्यसैले पनि काँग्रेसको विजय गराउनु आवश्यक छ,”– उहाँले भन्नुभयो ।

कार्यक्रममा काँग्रेस लमजुङका पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, राप्रपाका सहमहामन्त्री हेमजंग गुरुङ, महाधिवेशन प्रतिनिधी डा टकराज गुरुङ, समानुपातिक उम्मेद््वार कोपीला विश्वकर्मा, नेविसंघका महामन्त्री आनन्दराज त्रिपाठी, दुधपोखरी गाउँपालिकाकी प्रमुख छुपीमाया गुरुङलगायतले लमजुङको विकासका लागि काँग्रेसको जित आवश्यक रहेकोमा जोड दिनुभयो ।

सो कार्यक्रममा चेपे म¥र्याङ््दी युवा क्लबका करिब दुई दर्जन युवा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

, , , , ,