पौडेलमाथिको आक्रमणपछि काँग्रेसको विज्ञप्ती, भन्यो 'विचलित हुने छैनौं'


 २०७४ मङ्सिर २ शनिबार


काठमाडौं । नेपाली काँग्रेसले पार्टीका वरिष्ठनेता रामचन्द्र पौडेलमाथि भएको बम प्रहारको भर्त्र्सना गरेको छ । शनिबार पार्टी मुख्यालयद्वारा जारी गरिएको विज्ञप्तीमा नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहद्वारा बारम्बार यस प्रकारका घटना दोहोरिएको भन्दै यसलाई अत्यन्त दुखद् विषय भनेको छ ।

नेपाली कांग्रेसका नेता, पूर्व सभामुख एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ तनहुँका नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई लक्षित गरी तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं १० स्थित नेपाल डाँडा नजिक शनिबार अपरिचित समूहले प्रेसर कुकर बम प्रहार गरेका छन् ।

गोरखा जिल्लाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरी लम्जुङको वेशीशहरमा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा अपराह्न घ बजेतिर  नेता पौडेल चढेको सवारीमाथि बम प्रहार भएको थियो ।

सवारी साधनमा क्षति पुगेको भएता पनि नेता पौडेल सुरक्षित छन् । नेता पौडेलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु भने घाइते भएका छन् । नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेताहरुलाई लक्षित गरी यस्ता घृणित कार्य गरिएको काँग्रेसको ठहर छ ।

काँग्रेसले जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित नहुने पनि बताएको छ ।

विज्ञप्तीमा भनिएको छ 'नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहो¥याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।'

, , ,