एनआरएनए मेरिल्याण्डको पद हस्तान्तरण कार्यक्रम सम्पन्न


गैर आवासीय नेपाली संघ अमेरिकाको मेरिल्याण्ड शाखाको पद हस्तान्तरण कार्यक्रम डिसेम्बर १७ तारिखमा सम्पन्न भएको छ | कार्यक्रममा पुरानो कार्यसमितिले नया कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो ।


सो अवसरमा अतिथिहरु महा बाणिज्यदूत प्रेमराजा महत, समाजसेवी तथा एनआरएनका संस्थापक उपाध्यक्ष  डा. श्याम कार्की, एएनएका वरिष्ट उपाध्यक्ष खगेन्द्र अधिकारी, बानाका अध्यक्ष अनु वन्त श्रेष्ठ, म्याग्दी समाजका अध्यक्ष अमर छन्त्याल, संस्थाका निबर्तमान उपाध्यक्ष बिनोद उप्रेती, कोषाध्यक्ष महेश भट्टराई लगायतले  बोलेका थिए l

कार्यक्रममा सँस्थापक अध्यक्ष जेदु पोख्रेलले आफ्नो कार्यकालमा गरेका कुराहरुको संक्षिप्त चर्चा गरेका थिए l

पहिलो सत्रको कार्यक्रम संचालन अर्जुन हमालले र दोस्रो सत्रको कार्यक्रम संचालन महेन्द्र देशारले गरेका थिए । कार्यक्रमको शुरुवात संस्थाकी सदस्य दीपाञ्जलि शर्माको स्वागत मन्तब्यबाट भएको थियो ।

उक्त अबसरमा एनआरएन मेरिल्यान्ड शाखाका बर्ष २०१७/२०१९ का अध्यक्ष दूर्गा प्रसाद श्रेष्ठले मन्तब्य राख्दै आफ्नो बाँकी रहेको १९ महिनाको अवधिमा हेल्प डेस्कको गठन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । साथै, सम्पूर्ण मेरिल्यान्डबासी नेपाली समुदायको सहयोगबाट प्रति व्यक्ति १ डलर महिनाको सङ्कलन गरि आकस्मिक कोष (इमर्जेन्सी फन्ड) को ब्यबस्था गर्ने, सहकारी स्थापनाको पहल गरि नेपाली समुदायलाई सहज रुपमा व्यवसाय सन्चालनमा ल्याउने वातावरणको सिर्जना गर्ने र स्थानीय संघ संस्थासग मिलेर यो सबै काम कार्यनीतिमा उतार्न प्रयास गर्ने बताए l

, , ,